काठमाडौः राजधानीको बौद्ध स्थित तिनचुलिका युवाहरू दैनिक १ हजार जनालाई खाना खुवाईदै अाईरहेको छ । स्पोर्ट्स स्पेसल क्लबले प्रत्येक दिन बिहान पाँच सय जना र बेलुका पाँच सय जना गरि दैनिक एक हजार जनालाई खाना वितरण गर्दै आइरहेको छ । कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले गत चैत ११ गतेबाट बन्दाबान्दी अर्थात् लकडाउन गरिए सँगै काठमाडौंमा दैनिक ज्यालादारीमा काम गर्दै आइरहेको मजदुरलाई विहान बेलुकी खानपानमा आइपर्ने समस्यलाई मध्यनजर राखेर युवा समुहले खाना वितरण सुरू गरिएको हो ।
विश्वमानै महामारीको समस्य खेपिरहेकाे समयमा युवाहरूले आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने उदेश्यले खाना वितरण गरिरहेको नेपाल शेर्पा संघको केन्द्रीय सदस्य समेत रहेको स्पोर्ट्स स्पेसल क्लबको कोषाध्यक्ष रग्बा शेर्पाले जानकारी दिनु भयो । क्लबले नेपाल सरकारले लकडाउन बैशाख २५ गते सम्म तोकिएको हुनाले २५ गते सम्म नै दैनिक खाना वितरण गर्ने पनि शेर्पाले जानकारी दिनुभयो । शेर्पाका अनुसार खाना वितरणमा आवश्यक सहयोग देश तथा विदेश र स्थानीयको उल्लेख्य सहयोग रहेको छ । क्लबल समाज सेवाको लागि नै स्थापना भएको संस्थाको अध्यक्ष अनिल देवकोटाले जानकारी दिनुभयो । समाजमा आइपर्ने विभिन्न प्रकारको विपत्तिमा क्लबले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने पनि देवकोटाले बतानु भयो ।
दैनिक एक हजारलाई खाना वितरण गर्दै तिन्चुलिका स्थानीय युवा
सोनाम याङ्जी शेर्पा
