दानबीर ठिले शेर्पा : ५० घरपरिवारलाई राहत

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिका ४ चेवङका ठिले लामा शेर्पाले बैशाख १९ गते ५० घर विपन्न परिवारलाई राहत प्रदान गर्नुभएको छ । शेर्पाले वडा नम्बर ४ का विपन्न, ज्यालादारी तथा श्रमिक ५० घर परिवारलाई नगरपालिकाको रोहबरमा दैनिक उपभोग्य बस्तु प्रदान गर्नुभएको हो ।

चेवङखोपमा आज एक कार्यक्रमका विच नगर प्रमुख नाम्गेल जाङबु शेर्पा मार्फत फाप्लु, सुर्के, जबमुक, चिवाङका विपन्नलाई प्रतिपरिवार ३० के.जी चामाल, एक के.जी नुन, एक लिटर खाने तेल र २ ओटा साबुन वितरण गरेको हो । उहाँले लक डाउनका कारण दैनिक आयआर्जन प्रभावित भएका परिवारलाई आफ्नो ब्याक्तिगत खर्चमा सहयोग गरेको बताउँनुभयो ।

शेर्पाले सोलुदुधकुण्ड नगरपालिका ४ स्थित एक गुम्बालाई पनि खाद्यन्न सहयोग गर्नु भएको छ । पर्यटन ब्यवसायी समेत रहनुभएका शेर्पाले राहत वितरणमा १ लाख ५ हजार रुपैया खर्च भएको जानकारी दिनुभयो । राहत वितरण कार्यक्रममा नगर प्रबक्ता सारदा माया तामाङ, वडा नम्बर ४ का वडा अध्यक्ष दावा गेलु पाख्रिन(राजु), वडा नम्बर १ का वडा अध्यक्ष छोङबा लामा लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार