थुलुङदुधकोशीले सबैभन्दा धेरै नागरिकको उद्धार ग¥यो, नगरपालिका संग तथ्याङ्क छैन ।

सोलुखुम्बु : यहाँका विभिन्न स्थानीय तहले करिब ४ हजार नागरिकको उद्धार गरेको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले हालसम्म सबैभन्दा धेरै १ हजार २ सय जनाको उद्धार गरेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अबिलाल राईले जानकारी दिनुभयो ।

गत शुक्रबारबाट उद्धार थालेको गाउँपालिकाले ३० वटा सुमो जिप र १४ वटा मिनिबस मार्फत आफ्ना नागरिकको उद्धार गरेको जनाएको छ ।सोमबार साँझ ७ वटा जिप र केही बस मार्फत काठमाडौबाट नागरिकहरु लिएर सोलुखुम्बु पठाउने काम गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । काठमान्डौमा फसेका नागरिकलाई उद्धार गर्ने कार्य तत्काललाई सकिएको गाउँपालिका अध्यक्ष राईले बताउँनुभयो । जिल्लामा सबै भन्दा पहिलोपटक निर्णय गरेर उद्धार गरेको गाउँपालिकाले उद्धार कार्य सकेकै दिन गृह मन्त्रालयले नागरिक उद्धार रोक्न पत्र पठाएको छ ।

यसैबीच, सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले आज २ सय ९३ जनाको उद्धार गरेको छ । आइतबार ७ जनाको उद्धार गरेको गाउँपालिकाले सोमबार २ सय ९३ जनाको उद्धार गरेको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष आफै काठमाडौमा पुगेर उनीहरुको उद्धार गरेको । काठमान्डौमा बसेर ज्यालादारी, विद्यार्थी तथा विपतमा रहेकाहरुलाई पालिकाले उद्धार गरेको गाउँपालिका अध्क्षय बास्तोलाले जानकारी दिनुभयो । उद्धार गरिएकाहरुलाई सेफ होम क्वारेन्टिनमा राखिने गाउँपालकाले जनाएको छ । पालिकाले हिजोदेखि उद्धार गर्न सुरु गरेको थियो ।

यस्तै, नेचासल्यान वडा नम्बर ५ मा गठित वडा स्तरीय समूदाय स्वयम् सेवकले गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन । पालिकाले उद्धार गरि ल्याएकाहरुलाई अनिवार्य होम क्वारेन्टिनमा राख्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाइएको सञ्चाकर्मी डिल्ली शर्माले जानकारी दिनुभयो ।

यता जिल्लाको महाकुलुङ गाउँपालिकाले ४ सय बढि नागरिकहरुलाई उद्धार गरेको छ । गाउँपालिकाले २ दिनमा करिब ४ सय ७२ जना नागरिकलाई उद्धार गरेको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिनुभयो ।

१४ वटा मिनिबस र १ वटा जिप मार्फत उनीहरुलाई गाउँ सम्म ल्याईको हो । यस्तै सोताङ गाउँपालिकाले हालसम्म २ सय २८ जनाको उद्धार गरेको छ । सोमबारबाट उद्धार कार्य बन्द गरेको गाउँपालिका अध्यक्ष बिरबहादुर राईले जानकारी दिनुभयो ।

जिल्लाको लिखुपिके गाउँपालिकाले सोमबार २५ जनाको उद्धार गरेको छ । यो सहित आज सम्म २ सय ३० जना नागरिकको उद्धार गरेको गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले जानकारी दिनुभयो । लिखुपिकबाट आज सम्म ९२ जनालाई बाहिर पठाइएको गाउँपालिकाका सुचना अधिकारी भोला बस्नेतले जानकारी दिनुभएको छ ।

यस्तै, खुम्बुपासाङ ल्हामु गाउँपालिकाले २ सय २३ जनाको आज उद्धार गरेको छ । गाउँपालिकाले वडा नम्बर २ का ६५ जना, वडा नम्बर ३ का ४५ जना, वडा नम्बर ४ का ७१ जना, वडा नम्बर ५ का ४२ जना गरी २ सय २३ जनाको उद्धार गरेको वडा नम्बर २ का वडा अध्यक्ष आङ फुर्वा शेर्पाले जानकारी दिनुभयो । गाउँपालिकाले ४ वटा बस र ११ वटा जिपमा ल्याइएकालाई १४ दिनसम्म होम क्वारेन्टाईनमा बस्न आग्रह गरिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै, माप्यदूधकोशी गाउँपालिकाले सोमबारेसम्म ५ सय ७० जनाको उद्धार गरेको छ । गाउँपालिका उपप्रमुख जुनिता माया मगरका अनुसार सोमबार ७० जनाको उद्धार गरिएको छ । काठ्माण्डौबाट गाउँ आएका सबै केही दिनका लागि होम क्वारेन्टाईनमा बस्न आग्रह गरिएको छ भने वडा नम्बर ३ स्थित सुम्निमा खालिङ संस्थाले वडाभित्रका १५ जनालाई भने क्वारेन्टाईमा राखेको उपप्रमुख मगरले जानकारी दिनुभयो ।

नगरपालिका संग उद्धारको कुनै तथ्याङ्क छैन ।

यसैबीच, जिल्लाको एक मात्र नगरपालिकाले हाल सम्म करिब ७ सय नागरिकको उद्धार गरेको जनाएको छ । उद्धार गरेको नागरिकको एक्कीन तथ्याङ्क भने राखेको छैन । अन्य स्थानीय तहले प्रत्येक नागरिकको विवरण अद्यावधिक गरेपनि नगपालिकाले नराखेको पाईएको हो ।

मेयर शेर्पाले सञ्चारकर्मीको जवाफ दिदै आफुले ६ सय ५० जतिको नागरिक उद्धार गरेको भन्दै उपमेयरले कति गर्नुभयो र आफुखुसी आउनेहरुको समेत संख्या एक्कीन नभएको बताउँनुभयो ।

यसैबीच, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ८ ले १ सय १३ जना नागरिकलाई काठमान्डौबाट उद्धार गरेको छ । वडाले बिभिन्न निकायसँग समन्वय गरि काठमाडौमा रहेका बुद्धबुद्धा, बिरामी, महिला, विद्यार्थी र ज्यालादारी गरेर जिबिकोपार्जन गर्ने नागरिकलाई उद्धार गरिएको वडा अध्यक्ष पासाङ कटुवालले जानकारी दिनुभयो । उहाँकाअनुसार १३ वटा जिप मार्फत उनीहरुलाई गाउँ सम्म ल्याएर स्वस्थ्य परिक्षण गरि होम क्यारेन्टिनमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार