नेपालमा कोरोना संक्रमतिको संख्या ४७, निको हुने दश जना

  नेपालन्यूजसाईट समाचारदाता

काठमान्डौ : नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । जनकपुरमा एकजना र उदयपुरमा थप एकजना कोरोनाभाइरसका बिरामी फेला परेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बिहीबार मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले थप दुईजनामा कोरोना भेटिएको पुष्टि गर्नुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, सनसिटी अपार्टमेन्टमा बस्दै आएका ८१ वर्षीया आमा र ५८ वर्षीय छोरा पूर्णरुपमा निको भइ ‘डिस्चार्ज’ भएका छन् । पाटन अस्पतालमा उपचारमा रहेका उनीहरुलाई गत साता अस्पताल भर्ना गरिएको थियो ।

यस्तै, धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारमा रहेकी एक महिला पनि निको भएर बिहीबार डिस्चार्ज हुनुभएको छ । योसँगै नेपालमा हालसम्म १० जना कोरोनाभाइरसमुक्त भइ घर फर्किएका छन् । देशभर ‘पीसीआर’ र ‘आरडीटी’ गरी ४३ हजार ७२२ जनाको स्वास्थ्य परीक्षण भएको मन्त्रालयले जनाएको छ । हाल देशभर १० हजार ५७३ जना ‘क्वारेन्टाइन’मा रहेका छन् भने ८६ जना ‘आइसोलेसन’कक्षमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार