थुलुङदुधकोशीको जनप्रिय निर्णय : पालिका बाहिर बसेकालाई आफ्नै खर्चमा उद्धार गर्ने

सोलुखुम्बु : थुलुङदुधकोशी गाउँपालिकाले पालिका बाहिर असहज अवस्थामा बसेका नागरिकको उद्धार गर्ने भएको छ । काठमान्डौ लगाएतको क्षेत्रमा विभिन्न शिलशिलामा बसेका नागरिकको उद्धार गर्ने दायित्व स्थानीय सरकरको भएको महशुस गर्दै आज सम्पन्न कार्यपालिका बैठकले उनीहरुलाई ल्याउने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष असिम राईका अनुसार आजै देखी उनीहरुको विवरण संकलन थालिएको र भोलि देखीनै उद्धार कार्य सुरु हुने छ । प्रदेश र संघिय सरकार संगको समन्वयमा कोठाभाडामा बसेका विपन्न परिवारलाई उद्धार गर्ने निर्णय गरिएको अध्यक्ष राईको भनाई छ ।
“उनीहरुको उद्धारको लागि लाग्ने खर्च समेत गाउँपालिकालेनै बेहोर्ने छ ।” अध्यक्ष राईले भन्नुभयो, “उनीहरुको अवस्था हेरेर पालिकाले निर्माण गरेको क्वारेनटाईनमा राख्ने या सुरक्षित साथ होम क्वारेनटानईमा राख्ने त्यो भने वडाले निर्णय र अनुगमन गर्छ ।”

१४ दिन सम्म सुरक्षित साथ क्वारेनटाईनमा नबसेको खण्डमा सोही अनुसारको कार्वाहीको समेत व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ । गाउँ फर्कन चहाने या समस्यामा परेकाले वडा अध्यक्षलाई तत्काल सम्पर्क गर्न पनि गाउँपालिका अध्यक्ष राईले सबैलाई अनुरोध गर्नुभयो ।

तथ्याङ्क अध्यवधिक गर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार