काठमाडौं :- जसरी यश वर्ष कोरोना भाइरसको कारण पर्यटन क्षेत्रमा ठूलो धक्का लाग्यो यो भन्दा कालो दिनको रूपमा सन् 2014 अप्रिल 18 तारिख स्थापित भयो । सन् 2014 अप्रिलमा अाएको विपत्तिले पर्यटन पेशामा अबद्द प्रत्येक परिवारमा रूवावासी चलेको थियो । त्यो दिन सम्झदा अझै पनि अाखा नरसाउने कमै होला । हिमालबाट पैसा कमाएर ल्याउने अाशामा बसेका ती प्रतेक परिवारको मुटु छियाछिया भएको थियो । सन् 2014 अप्रिल 18 तारिक 16 जना आरोही आफ्नो ज्यान गुमाएका थिए पने २ जना आरोही गाइड सहित सात जना घाइते भएको थियो । त्यही गाईते मध्येका व्यक्ति हुन् आरोही दावा टसी शेर्पा । त्यो कालो दिन भाग्यले जोगाएर फर्के भनिने दावा टाशीले त्यो कालो दिन जहाँ अाफ्नो आँखाको अगाडि १६ जनाले ज्यान गुमाएका थिए त्यो दिन सम्झिने गर्छन् । शेर्पाको त्यो बखतको अनुभव यसरी साट्न हुन्छ । उनले भने चाहेर पनि अाफ्ना साथीलाई बचाउन सकिन ।
शेर्पाको अनुभव
मिति २०७१ सालको बसन्त ऋतुमा पनि धेरै फरक कम्पनीले सगरमाथा आरोहण अनुमति लिएको थियो र कामहरु सामान्य रूपमा अगि बढिरहेको थियो । त्यसै क्रममा मिति २०७१ बैशाख ४ गते हामी सगरमाथाको आधार शिविरबाट क्यम् 2 सम्म पुर्याएर फर्के पछि पुन भोलिपल्ट पनि जाने निर्णय गरिएको थियो । सबै सामनहरु मिलएर भोलिपल्ट अर्थात् २०७१ बैशाख ५ गते शुक्रबार तदनुसार 2014 April 18 Friday को दिन सदको जै हामी (राति ) बिहान १ बजे नै उठेर चिया नास्ता खाएर हामी सगरमाथाको आधार शिविरबाट क्यम् 2 तर्फ लागे। खुम्बु आईस्फल्को बाटो निकै गाह्रो तै बेला मैले चिनेको एकजना साथी पहिलो पटक अएको रहेछ त्यसैले उसले संगै जाम् भन्नु बो र मैले नई भन्न सकिन् ।
मेरो टिमको केही साथीहरु र अर्को फरक फरक कम्पनीको साथीहरु निकै अगाडि जदै थियो। साथी को कारणले म बिस्तारै जदै थिएँ त्यसै क्रममा अचानक एउटा खबर अयो अाईस्फलमा बाटो बिग्रेको छ भनेर त्यो सुने पछि हामी दुई चार जना सरसल्लाह पनि गरेँ तल फर्किने कि माथिनै जाने तर मेरो आफ्नै टिमको साथीहरु पनि अगाडि गैसकेको थियो त्यसैले म पनि अल्मल्लमै थिएँ । त्यसै बेला अर्को खबर अयो कि माथि भर्याङ्ग बाँचेको थियो तर अगाडि जाने साथीहरुले बनाएर पनि गयो भन्ने सुनेपछि म पनि आफु सङ्गैको साथीहरुसँग माथि नै जाने निर्णय गरे जब हामी त्यो भर्याङ्ग बाँचेको ठाउँमा पुग्दा त्यहाँ करिब ३०/३५ जना पालो कुरेर बसेको रैछ ।
हामी अलिकति थाकेको पनि थियो त्यसैले हामीले पालो कुरेर बसेको साथीहरु लाई जान दिने र हामी त्यही ठाउँमा एक्छिन बिसाउने बिचार गरेर हामी बसेँ। पालैपालो आगाडी जाने क्रममा दुई तिन जना पछि हाम्रो पनि पालो आयो र म भन्दा अगाडि मेरो मिल्ने साथी थियो । उस्ले आफ्नो सेफ्टीको डोरी निकालेर आगाडी बढ्न लाग्दा अचानक एउटा ठुलो आवाज आयो हामीसबैले माथि तिर हेरे र बादल जास्तै सेतो हिउँको पहिरो हामी तिर आईरहेको थियो।
त्यो भयानक दृश्यले कसैले केही पनि बोल्न सकेको थिएन । एक दुई पाईला पछाडि फर्केर सबै जना एउटै ठाउँमा बस्ने बिचारले बसेँ । हाम्रो समुहको १३ जना थियौं तर मेरो १२ जना साथीहरुको एकै ठाउँमा बित्नु भएको रहेछ यो मेरो लागि सबैभन्दा पिडाको विषय बन्यो । १३ जना मध्ये भाग्यबस म बचेको । म त्यो ठाउँबाट बचेँ कसरी बचेँ कुन कारणले बचेँ त्यो मलाई थाहा छैन तर मलाई जसाङ्गै यद आयो कि मेरो मेरुदण्डमा चोट् परेमा कित म मर्छु कि भने अपाङ्गता भएका बस्नुपर्ने हुन्छ त्यसैले मैले मेरो मेरुदण्ड भन्दा पनि देब्रे पट्टीको भागलाई पहिरो आईरहेको तिर फर्काएर बसेँ बस् त्यतिहो मैले गरेको तर भगवानको असिर्बदले म त्यो ठाउँबाट बचेँ ।
सोच्दा अझै पनि मुटु चिसो भएर अाउछ खै के भन्नू अाज ६ वर्ष पुग्यो अाफ्नै अाँखा अगाडि साथीले संसार छोडेर गएको । प्रत्येक वर्ष अप्रिल 18 मा मेरो नयाँ जीवन पाएको ठान्छु । फर्केर अाए पछि पनि अस्पतालमा भर्न भएर धेरै बसे । यो कहानी सुनाउँदै गर्दा उहाले नेपाली हुनुमा गर्व गर्छु तर पर्यटन क्षेत्रको स्थिति हेर्दा दुख लाग्छ । निर्णायक तहमा त्यहाँको अनुभव नभएको व्यक्ति हुन्छ । अाफ्नो ज्यान दिएर देशमा काम गर्ने हामी जस्ता अारोहीको भविष्य प्रति राज्यको कुनै चासो छैन । राज्यले साँच्चिकै भन्ने हो भने हिमाल नै हिमालको देश भनेर जति गौरवको साथ अाफ्नो वक्तव्य दिन्छ त्यस क्षेत्रमा काम गर्ने अारोही शेर्पाहरूको भविष्य प्रति पनि सोच्ने हो भने हाल अनुभवी अारोहीहरू विदेशिन बाध्य हुने थिएन ।
सगरमाथाको त्यो कालो दिन भाग्यले बाँचे, आरोही दावा टसी शेर्पा







