काठमाडौं : विश्वभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८८ हजार ४ सय ५ पुगेको छ । बिहीबार बिहानसम्मको तथ्यांक अनुसार १५ लाख १३ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, ३ लाख २९ हजार ७ सय ३१ जना उपचारपछि निको भएका छन् ।
पछिल्लो समय कोरोना भाईरसको सक्रमण अमेरिकामा भने तीव्र रुपमा फैलिएको तथ्याङ्कमा उल्लेख छ । अमेरिकामा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १९ सय मानिसले ज्यान गुमाए संगै मृतकको संख्या १४ हजार ७ सय ३८ पुगेको छ ।
अमेरिककाको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा १८ सय ९७ को मृत्यु भएको छ । त्यहाँ थप २९ हजार ९ सय ३६ नयाँ बिरामी फेला परेका छन् । अब त्यहाँ संक्रमितको संख्या ४ लाख ३० हजार पुगेको छ ।
अमेरिका पछि स्पेनमा मृत्यु हुनेको संख्या १४ हजार ७ सय ९२ पुगेको छ भने विगत २४ घण्टामा ७ सय ४७ जनाले ज्यान गुमाएका छन् । त्यहाँ संक्रमितको संख्या १ लाख ४८ हजार भन्दा माथि छ । त्यस्तै, इटालीमा १ लाख ३९ हजार ४ सय २२ मा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या भने इटालीमा सर्वाधिक छ । त्यहाँ १७ हजार ६ सय ६९ ले ज्यान गुमाइसकेका छन् ।
२६ हजार ४ सय ९१ जना उपचारपछि निको भइसकेका छन् फ्रान्समा पनि कोरोना संक्रमितको संख्या लाख नाघेको छ । त्यहाँ १ लाख १३ हजार ९ सय ५९ जनामा कोरोना संक्रमित भइसकेका छन् । त्यहाँ १० हजार ८ सय ६९ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।
त्यस्तै २१ हजार उपचारपछि निको भएका छन्। अर्को देश जर्मनीमा पनि संक्रमितको संख्या लाख नाघेको छ । त्यहाँ १ लाख १३ हजार २ सय ९६ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै, २ लाख ३ सय ४९ जनाले ज्यान गुमाइसकेका छन् । ४६ हजार ३ सय निको भएका छन् ।