कोरोेना संक्रमण : अमेरिकामा सोलुखुम्बुका शेर्पाको मृत्यु

  नेपालन्यूजसाईट समाचारदाता

कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट अमेरिकामा थप एक नेपालीको मृत्यु भएको छ । न्युयोर्क क्विन्सस्थित एल्मस्र्ट अस्पतालमा उपचारका क्रममा सोलुखुम्बुका ङिमा तेम्बा शेर्पाको निधन भएको शेर्पा किदुग अमेरिकाका अध्यक्ष उर्गेन शेर्पाले जानकारी दिनुभयो ।

कोरोना भाइरसको संक्रमण भएपछि उहाँलाई करिब दुई हप्ताअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । सोताङ गाउँपालिका स्थायी ठेगाना भएका शेर्पाको बुधबार स्थानीय समय अनुसार बिहान ५ बजेर १८ मिनेट जाँदा मृत्यु भएको बताइएको छ । ४४ वर्षीय शेर्पा केही वर्षदेखि परिवारसहित अमेरिकामा बस्दै आउनुभएको थियो । यसअघि अमेरिकामा कोरोना भाइरसबाट तीन नेपालीको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार