बैदेशिक रोजगारीबाट सोलुखुम्बु आएका तीन जनाको रिपोर्ट नेगेटिभ ।

सोलुखुम्बु : बैदेशिक रोजगारीबाट नेपाल आएका सोलुखुम्बुका थप तीन जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ । थुलुङ दुधकोशी गाउँपालिका ४ जुबुका २ जना र वडा नम्बर ८ देउसाका एक युवकको स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

विपि स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरानमा उनीहरुको स्वाब परीक्षण गरिएको थियो । गत चैत ४ गते वडा नम्बर ८ देउसाका सुर्य राई फ्लाई दुवईबाट, सोही दिन हिमालयन एयरलाईन्सबाट वडा नम्बर ४ जुबुका सुर्य राई र चैत ७ गते नेपल एयरलाईन्सबाट वडा नम्बर ४ जुबुका सुमन गुरुङ नेपाल आएका थिए ।

उनीहरुलाई गाउँ आएको जानकारी पाएलग्तै स्वास्थ्यकर्मीको निगरानीमा सेल्फ होम क्वारेनटाईनमा राखिएको गाउँपालिका अध्यक्ष असिम राईको भनाई छ । यस्तै बैदेशिक रोजगारीबाट आएका सोही गाउँपालिकाका अन्य ४ जना पनि अहिले सेल्फ होम क्वारेनटाईनमा बसेका छन् । उनीहरको स्वास्थ्य अवस्था पनि सामान्य रहेको गाउँपालिकाले जनाएको छ ।

यस अघि कोरोना संक्रमित युवती संगै आएका गाराखानीका युवक र तिङ्लाकी युवतीको टेकु अस्पतालमा स्वाब परीक्षण गरिएको थियो । उनीहरुको पनि रिपोर्ट नेगेटिभनै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार