थुलुङदुधकोशीद्धारा अति विपन्न सयौ परिवारलाई राहत वितरण

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिकाले आईतबार दुईवटा वडामा राहत वितरण गरेको छ । वडा नम्बर १ नेले र वडा नम्बर ७ देउसाका अति विपन्न परिवारलाई राहत वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर ७ का ३५ घरधुरी विपन्न, तथा दैनिक ज्यालादारी गरेर खाने परिवारलाई राहत स्वरुप दैनिक उपभोग्य बस्तु बितरण गरेको वडा अध्यक्ष राम सर्घष किराँतीले जानकारी दिनुभयो । यस्तै वडा नम्बर १ का वडा अध्यक्ष घनराज सुनुवारका अनुसार अति विपन्न ५० घरधुरीलाई राहत स्वरुप दैनिक उपभोग्य बस्तु वितरण गरेको छ ।

यो संगै गाउँपालिका भित्र हाल सम्म २ सय ९५ अति विपन्न परिवारले राहत लिएका छन् । वडाको सिफारिसको आधारमा उनीहरुलाई ३० के.जी चामल, ५ के.जी दाल, १ के.जी नुन, १ लिटर तेल वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत अबिलाल राईले जानकारी दिनुभयोे ।
विश्वभर फैलिरहेको कोरोना भाईरस कोभिड १९ को सक्रंमणका कारण देश नै लक डाउन गरिएपछि गाउँपालिकाका अति विपन्न र ज्याला मजदुरी गर्ने परिवारको दैनिकिलाई मध्यजनर राख्दै गाउँपालिकाले राहत वितरण गरेको गाउँपालिका अध्यक्ष असिम राईको भनाई छ ।

अध्यक्ष राईका अनुसार नेपाल सरकारले राहतको प्याकेज ल्याउनुपुर्वनै गाउँकार्यपालिकाले तथ्याङ्क संकलनको काम सुरु गरेको थियो ।
स्थानीय तह आफैले निर्णय गरेर विपन्न परिवारलाई राहत वितरण गर्ने थुलुङदुधकोशी पहिलो गाउँपालिका हो । अन्य स्थानीय तहले भने आज देखी विपन्न परिवारको तथ्याङ्क संकलनमा लागेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार