रोगबाट बच्नुहोस्, भोकमारीबाट हामी बचाउँछौ : अध्यक्ष राई

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिकाले कोरोना संक्रमण रोकथाममा हालसम्म गरेको कार्य योजनाको बारेमा जिल्ला स्थीत सरोकारवालालाई जानकारी गराएको छ । कोरोना सुरक्षामा गाउँपालिकाले खेलेकोे भुमिका र कार्यको विषयमा जानकारी गराएको हो ।

गाउँपालिका अध्यक्ष असिम राईले १ सय ८० बेडको गाउँपालिकामा क्यारेन्टाइन निमार्ण गरेको बताउँदै बैदेशिक रोजगारीबाट आएका व्यक्तिको बारेमा जानकारी दिनेलाई पुरस्कार दिने, पाँच लाखको आपतकालिन कोष स्थापना गरि कार्यपालिका सदस्यको समेत एक महिना बराबरको सेवासुविधा कोषमा जम्मा गर्ने जस्ता कार्यहरु गरेको जानकारी गराउनुभयो ।

त्यस्तै लकडाउन अवधीभर मदिराजन्य पर्दाथको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको, खाद्यन्न अभाव हुन नदिन हरेक वडाका दुई÷दुई जना ब्यबसायीलाई जिम्मा दिएको, अति बिपन्न परिवारको पहिचान गरि दैनिक उपभोग्य बस्तु (खाद्यान्न) बितरण गर्ने जस्ता कार्य जारी रहेको अध्यक्ष राईको भनाई छ ।

टोलटोलमा जनचेतनामुलक कार्यक्रमलाई तिब्रता दिएको दावी गर्दै अध्यक्ष राईले चाडै दिर्घरोगीलाई औषधी बितरणका लागी डाटा सङकलन गर्ने बताउँनुभयो । जोखिमको सामाना गर्न जिल्ला स्थीत सबै संयन्त्र सहित स्थानिय तहको सहकार्य अपरिहार्य भएको भन्दै अध्यक्ष राईले स्वास्थ्य सामाग्री अभाब भएकाले उपचारमा भने केहि चुनौती रहेको जानकारी गराउँनुभयो ।

बैदेशिक रोजगारीबाट गाउँ आएका तीन जनाको स्वाब परीक्षणको लागि पठाईएको भएपनि त्यसको रिपोर्ट समयमानै नआउँदा स्थानीयमा त्रास बढेको भन्दै यस्ता संयन्त्रलाई प्रभावकारी बनाउन प्रदेश र संघिय सरकारले भुमिका खेल्नुपर्ने उहाँको धारणा छ ।

जिल्लाबासीको समस्या समाधान गर्न दृढ छौ : संघिय सांसद राई

सोलुखुम्बुका सघिय सांसद हेमकुमार राई (सुरबिर)ले सकंटको घडीमा जिल्लाबासीको समस्या समाधान गर्न तल्लिन रहेको बताउँनुभएको छ । विश्वमा नै महामारीको रुपमा देखा परेको कोरोना भाईरसका कारण देश लक डाउन भएकाले नागरिकमा देखिन सक्ने समस्यालाई मध्येनजर गर्दै सोलुखुम्बुलाई विशेष प्राथमिकतामा राख्न केन्द्र सरकारलाई बारम्बार अनुरोध गर्ने गरेको उहाँको भनाई छ ।

सासंद राईले सोलुखुम्बु अहिले सम्म सुरक्षित भएपनि सावधानी अपनाउने सबालमा सचेत हुनुपर्नेमा जोड दिनुभयो । व्यक्ति सचेत भएमा परिवार सुरक्षित हुने र परिवार सचेत भएमा सिंगो समाजनै सुरक्षित हुने भएकाले यसमा सबैको दायित्व र भुमिका उत्तिकै महत्वपुर्ण उहाँको भनाई छ ।

जिल्लामा अभाव रहेको स्वास्थ्य समाग्रि र औषधी उपकरणको सवालमा नेपाल सरकार संगै अन्य संघसंस्था संग पनि समन्वय भईरहेको उहाँको भनाई छ । यस्तै जिल्लामा रहेको विभिन्न संयन्त्रले समन्वयत्मक ढंगबाट आगामी दिनमा आउन सक्ने चुनौतीको सामाना गर्न एकीकृत कार्ययोजना निर्माण गरि काम गर्ने उहाँको भनाई छ । सरकारको मुख ताक्ने भन्दा पनि भविष्यमा हुन सक्ने समस्याको पहिचान गर्दै तीनै तहको सरकार र सबै राजनितिक दल एक ठाउँमा उभिनुको बिकल्प नभएको उहाँको धारणा छ ।

जनाको समस्यामा २४सै घण्टा साथ दिन तयार छौ : प्रमुख सचेतक राजभण्डारी

नेकपा प्रदेश नम्बर १ का प्रमुख सचेतक तथा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले प्रदेश अन्तरगतको समस्याबारे जानकारी गराउँन सबैलाई आग्रह गर्नुभयो । देशमा तीन तहको सरकार सक्रिय रहेको अवस्थामा प्रदेश सरकारले गर्नुपर्ने काम र सहयोग बारे आफु चौबीसै घण्टा तयार रहेको बताउँनुभयो ।

जिल्लाबासीको समस्या समाधानमा आफु तयार रहेको भन्दै उहाँले राहत वितरणमा केही समस्या देखिएको प्रति संबन्धित निकायको ध्यानकर्षण गराउनुभयो । सस्तो लोकप्रियताको लागि राहत वितरण भन्दै फोटो सेसन गर्ने प्रथाले बास्तबीक पिडित सम्म पुग्न नसक्ने उहाँको दावी छ ।

लकडाउन थपिदा दैनिक ज्यालादारी गरेर गुजरा चलाउने बर्गहरुको दैनिकी कष्ठकर बनेको उहाँको भनाई छ । अबको समयमा मानिसहरु रोगले भन्दा पनि भोकले मर्ने संभावना भएको भन्दै काठमान्डौमा रहेका सोलुबासीलाई जिल्ला ल्याउने सवालमा आफु सकरात्म रहेको प्रतिक्रिया दिनुभयो ।

थुलुङ दुधकोशी गाउँपालिकाको सभाहलमा भएको एक कार्यक्रममा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी कुमारी शाही, नेचा सल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला, जिल्ला अस्पताल फाप्लुका निमित्त प्रमुख सानी शेर्पा, जिल्ला स्वास्थ्य कार्यलयका निमित्त प्रमुख कर्मचन्द्र राजवंशी, जिल्लाका नेपाल प्रहरी प्रमुख (डिएसपी) टेकुनन्द इवा लिम्बु, शसस्त्र प्रहरीका प्रमुख(डिएसपी) बिशाल बाबु सिलवाल लगायतको पनि उपस्थीती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार