ललितपुरमा लकडाउन थप कडाइ

काठमाडौं : ललितपुरमा लकडाउनको पालना कडाईका साथ गरिएको छ । लकडाउनको आठौ दिन अर्थात् दोश्रो चरणको लकडाउनको पहिलो दिन मंगलबार ललितपुरको चक्रपथ तथा भित्रि सडकहरु सुनसान छन् ।

सडकमा खानेपानी, इन्धन तथा अस्पतालका सवारी साधन र एम्बुलेन्स भने निर्वाध सञ्चालनमा छन् । मुख्य सडक र भित्री क्षेत्रमा बसोबास गरेका सर्वसाधरणहरु घरभित्रै रहेका छन् । चक्रपथ र भित्री क्षेत्रको स्थिति हेर्दा ती क्षेत्रमा लकडाउनको पुर्ण पालना भएको देखिन्छ ।

चक्रपथमा अनुमति विना सञ्चालन भएका सवारी साधनलाई सुरक्षाकर्मीले रोकेका छन् । सुरक्षाकर्मीले अनुमति विना संञ्चालन गरेका सवारी साधन नियन्त्रणमा लिएर चालकलाई घर फर्काउने गरेका छन् । त्यसैगरी पदैलयात्रीलाई भने केही समय यथास्थानमा नै राखेर आईन्दा लकडाउन उलंघन नगर्न घर बाहिर ननिस्कन सचेत गराउदै छोड्ने गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार