स्वाब परीक्षणका क्रममा सोलुखुम्बुका दुईजनाको रिपोर्ट नेगेटिभ

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : कोरोना संक्रमण पुष्टि भएकी युवतीसंगै एउटै बिमानमा आएका सोलुखुम्बुका एक युवाको रिर्पोट नेगेटिभ आएको छ । कतार एयरवेजको ‘क्यूआर ६५२’ बाट चैत ४ गते संक्रमित युवतीसंगै आएका ती युवकको कोरोना परिक्षण रिर्पोट नेगेटिभ आएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ ।

यस्तै, युएईबाट गत चैत्र ५ गते नेपाल आएकी तिङ्लाकी एक युवतीको पनि रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा नेगेटिभ रिर्पोट आएको जिल्ला अस्पताल फाप्लुका निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिनुभयो । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानी र वडा नम्बर ११ तिङ्लाकी युवतीको स्वाब परिक्षणका लागि आईतबार काठमान्डौ पठाइएको थियो । तिङ्लाका युवती स्वयम् परिक्षणका लागी अस्पताल आएको बताईएको छ ।

यस्तै बैदेशिक रोजगारीबाट आएका जिल्लाका अन्य १२ जना सेल्फ होम क्वारेन्टाईनमा बसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख (डिएसपी) टेकुनन्द इवा लिम्बुले जानकारी दिनुभयो । प्रहरीको सक्रियतामा उनीहरुलाई चिकित्कसको प्रत्यक्ष निगरानीमा घरैमा राखिएको बताईएको छ । जिल्लामा हाल सम्म कोरोना संक्रमणको आसंकामा एक जनालाई पनि स्थानीय तहले निर्माण गरेको क्वारेन्टाईनमा राख्ने काम नभएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार