लकडाउन थपिएसंगै थुलुङदुधकोशीले गर्यो पाँच निर्णय

मदिरा बिक्री वितरणमा प्रतिबन्ध

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : यहाँको थुलुङ दुधकोशी गाउँपालिकाले लकडाउन अवधीभर मदिराजन्य पर्दाथको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । गाउँकार्यपालिकाको सोमबार सम्पन्न बैठकले लक डाउनलाई मध्येनजर गर्दै पालिका क्षेत्रमा मदिराजन्य पर्दाथहरु बिक्री वितरणमा पुर्ण प्रतिबन्ध लगाउँने निर्णय गरेको हो ।

जाड रक्सी सेवन गर्दा बढी होहल्ला संगै भिडभाडसमेत हुनेभएकाले मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । कोरोना संक्रमणको त्रासका कारण गाउँ भित्रिएकाहरु भेला भई मदिरापान सेवन गर्ने होहल्ला गर्ने र फजुल खर्चसमेतलाई रोक्नका लागी पनि यो निर्णय उपयोगी हुने अध्यक्ष राईको विश्वास छ ।

गाउँपालिकाले स्थानीय कृषकलाई करेशा बारी निर्माणमा प्रोत्साहन गर्ने निर्णय गरेको छ । करेशा बारी निर्माण गरेका कृषकलाई पहिलो प्राथमीकतामा राखेर अन्तरगत कार्यालयबाट सेवा प्रवाह गर्ने गाउँपालिका अधयक्ष असिम राईको भनाई छ ।

बैठकले गाउँपालिकामा खाद्यन्न अभाव हुन नदिन हरेक वडाका दुई÷दुई जना ब्यबसायीलाई खाद्यन्न आपुर्तिका लागि जिम्मा दिने समेत निर्णय गरेको छ । लक डाउनको समयमा हुन सक्ने खाद्यन्न अभावलाई मध्यनजर गर्दै पालिकाले तोकेको ब्यबसायीलाई ढुवानीका लागि जिल्ला प्रशासन कार्यालयसँग अनुरोध गरि अनुमतिको ब्यवस्था गरिने अध्यक्ष राईको भनाई छ ।

यस्तै बैदेशिक रोजगारबाट गाउँ फर्केकाहरुको निगरानीका लागी सम्बन्धित वडालाई जिम्मेवारी दिने समेत निणर्य गरिएको गाउँपालिका प्रबक्ता फुर्तिमान तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार राहत बितरणका लागि थप मापदण्ड तयार गरि वडागत कोटा निर्धारण गर्ने पनि निर्णय गरिएको छ ।

गाउँपालिकाले सुरुवाती चरणदेखीनै कोरोनाको जोखिम कम गर्न विभिन्न उपाय अपनाउँदै आएको छ । जिल्लामै धेरै क्षमताको क्वारेनटाईन निर्माण गर्ने, बैदेशिक रोजगारीबाट फर्केकाहरुको जानकारी दिनेलाई नगद रु.५ हजार पुरस्कार दिने र अति विपन्न परिवारलाई दैनिक उपभोग्य बस्तु राहत दिने यो पहिलो गाउँपालिका हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार