लुक्लामा रहेका पर्यटक गाईडद्धारा उद्धारका लागि अनुरोध

सोलुखुम्बु : लुक्लामा अलपत्र परेका पर्यटक गाइडहरुले उद्धारका लागि नेपाल सरकारलाई अनुरोध गरेका छन् । विभिन्न देशका पर्यटकहरुलाई लिएर सगरमाथा क्षेत्र खुम्बु गएका गाईडहरुले कोरोना भाईरसका कारण नेपाल लक डाउन भएपछि आफुहरु अलपत्र परेको बताएका छन् ।

लुक्लामा रहेका ५४ जना गाइडले सरकार र सरोकारवाला निकायलाई संयुक्त पत्र लेख्दै आफूहरूलाई चाँडोभन्दा चाँडो उद्धार गर्न माग गरेका हुन् । नेपाली गाइडको तर्फबाट रमेश तामाङले आज पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सिज एसोसिएसन आफ नेपाल (टान) र खुम्बु पासाङल्हामु गाउँपालिकाको नाममा पत्र लेख्दै काठमाडौं फर्कने व्यवस्था गरिदिन आग्रह गर्नुभएको छ ।

विभिन्न देशका पर्यटहरुलाई उद्धार गरिएको भएपनि आफूहरुलाई सरकार र सरोकारवाला निकायले वास्ता नगरेको तामाङको गुनासो छ । गाइड तथा पर्यटकलाई खुम्बु पासाङल्हामु गाउँपालिकाले खाने तथा विभिन्न होटल एसोसियसनले बास र वाइफाईको व्यवस्था गरेको पर्यटक गाइड धनकुमार तामाङले बताउँनुभयो ।पर्यटक गाईड तामाङले फोन सम्पर्क गरि उद्धारको लागि पहलमा सहयोग गरिदिन आग्रह गर्नुभयो । उहाँले सम्पुर्ण परिवारको काठमान्डौमा बिचल्ली भएको भन्दै उद्धारको लागि पहल गरिदिन आग्रह गर्नुभयो ।

स्थानीय सरकारले खाना तथा बासको व्यवस्था गरेको भएपनि विदेशी पर्यटकलाईं सम्बन्धित दुताबास मार्फत उद्धार गरिएको भएपनि आफुहरुलाई कसैलेपनि वास्ता नगरेको बताउँनुभयो । बिहिबार मात्रै १८ जना विदेशी नागरिकलाई आ–आफ्नो देशको दूतावासले उद्दार गरेर विमान मार्फत काठमान्डौ लगेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार