कोरना त्रास : खुम्बु क्षेत्रका होटल व्यवसायीको अनेकौ समस्या, सयौ मजदुरको बिचल्ली ।

महाभुकम्प, अघोषित नाका बन्दी भन्दा बढी संकटभएको व्यवसायीको भनाई

सोलुखुम्बु : सगरमाथा प्रवेश द्धारा नाम्चे बजार क्षेत्रका सबै होटल अनिश्चित कालका लागि बन्द गरिएको छ । कोरोना त्रासका कारण शुक्रबार (आज) देखी यस क्षेत्रका सबै होटल अनिश्चितकालका लागि बन्द गरिएको नाम्चेका होटल सञ्चालक लामाकाजी शेर्पाले जानकारी दिनुभयो ।

बिहीबार बसेको नाम्चे लज एण्ड होटल यशोसियशनको आकष्मिक बैठकले शुक्रबार (आज) देखी त्यस क्षेत्रका सबै होटल अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो । कोरनाको संक्रमणले विश्वभरिलाई आतकिंत बनाएको अवस्थामा जोखीम न्यूनीकरण गर्न सम्पुर्ण होटल बन्द गर्ने निर्णय गरेको नाम्चे लज एण्ड होटल यशोसियशनका उपाअध्यक्ष निमाडोमा शेर्पाले जानकारी दिनुभयो ।

सयौ मजदुरको रोजगारी गुम्यो ।
नाम्चे क्षेत्रमा रहेको ४० वटा सबै होटल बन्द भएपछि त्यहाँ कार्यरत करिब ३ सय मजदुर घर फर्केका छन् । अधिकांश मजदुर यो सिजनका लागि २० दिन अघि देखी त्यस क्षेत्रमा पुगेका थिए ।

सोलुखुम्बु सहित काभ्रे, नुवाकोट लगाएतबाट खुम्बु क्षेत्रमा रोजगारीको लागि आएका थिए । होटल सञ्चालकका अनुसार उनीहरुले २५ देखी ५० हजार सम्म मासिक तलब लिने गरेका थिए । सिजनको समयमा होटल बन्द गर्नुपर्ने भएकाले मजदुरलाई घर फर्काउनु बाध्य भएको होटल हिलटेनका सञ्चालक इश्वरराज तामाङको भनाई छ । तामाङका अनुसार हिलटेनमा काम गर्ने २९ जना मजदुर शनिबार घर फर्कदैछन् ।

होटल व्यवसायमा ८५ प्रतिशतले गिरवाट आएपछि उनीहरुलाई फर्काउनु बाध्य भएको होटल सञ्चालकको भनाई छ । त्याहा काम गर्ने ८० प्रतिशत कामदार खुम्बु बाहिरको भएकाले कुनैपनि स्वास्थ्य समस्या आएमा तत्काल उपचार गराउने अस्पताल र उद्धारका लागि भरपर्दो माध्यम नभएकाले होटलनै बन्द गरेर फिर्ता पठाउनुपरेको ग्रिनतारा होटलका सञ्चालक एवम् नाम्चे लज एण्ड होटल यशोसियशनका उपाअध्यक्ष निमाडोमा शेर्पाको भनाई छ । अहिले होटल रुङ्ने बाहेक कोहीपनि नभएको उहाँको भनाई छ । जिल्ला भन्दा बाहेरका ४० प्रतिशत कामदार खुम्बु क्षेत्र पुगेका थिए ।

व्यवसायी भन्छन् : नाफाको कुरै छाडौ, बैंकको किस्ता पो कसरी बुझाउने ?
विश्वको सर्वोच्च शिखर सगरमाथा भएको खुम्बु क्षेत्रमा हजारौ पर्यटकको आवगमन हुनेभएपछि व्यवसायीले राम्रै लगानी गरेर होटल पसल सञ्चालन गरेका छन् । खुम्बु क्षेत्रका ६० प्रतिशत होटल सञ्चालकले विभिन्न बैंकबाट कर्जा लिएका छन् भने केही व्यवसायीले घर भाडामा लिएर होटल सञ्चालन गरिरहेका छन् । नाम्चेका ४० वटा होटल मध्ये ६ वटा होटल भाडामा सञ्चालित छन् । आफुहरुले बार्षिक रु.१५ लाख देखी रु.२५ लाख सम्म भाडा बुझाउने गरेको होटल हिलटेनका सञ्चालक इश्वरराज तामाङको भनाई छ ।

ग्रिनतारा होटलका सञ्चालक एवम् नाम्चे लज एण्ड होटल यशोसियशनका उपाअध्यक्ष निमाडोमा शेर्पाका अनुसार यहाँका व्यवसायीले कुमारी, शिद्धार्थ र राष्ट्रिय बाणिज्य बैंकबाट करोडौ कर्जा लिएर व्यवसाय सञ्चालन गरेका छन् । कर्जा लिनेहरुले सिजनमा कमाएको नाफाबाट मासिक रु.१ लाख देखी रु.२ लाख सम्म व्याज मात्र तिर्नुपर्ने होटल सञ्चालक लामाकाजी शेर्पाको भनाई छ ।

अन्य आम्दानीको श्रोत नभएका यस क्षेत्रका नागरिकले महाभुकम्प, भारतले गरेको अघोसित नाकाबन्दि भन्दा पनि कोरना भाईसरको सक्रमणले बढी पर्यटन क्षेत्रमा असर पु¥याएको भन्दै खुम्बु क्षेत्रका व्यवसायी चिन्तित बनेका छन् । सिजनको आम्दानीले बाह्रै महिना धान्नुपर्ने भएकाले व्यवसायी बढी मारमा परेको नाम्चे लज एण्ड होटल यशोसियशनका उपाअध्यक्ष निमाडोमा शेर्पाको भनाई छ । शेर्पाले भन्नुभयो, “नाफाको कुरा छाडौ, बैंकको किस्ता तिर्ने र व्यवसाय कसरी धान्ने भन्ने चिन्ताले सताउनथालेको छ ।”

व्यवसायी भन्छन् : सरकारको सहयोग नभए उठ्न सक्दैनौ ।
व्यवसाय सञ्चाल गरेपछि राज्यलाई विभिन्न शिर्षकमा कर बुझाउँदै आएका खुम्बुका व्यवसायीले सहयोगको याचना गरेका छन् । नाम्चे लज एण्ड होटल यशोसियशनका उपाअध्यक्ष निमाडोमा शेर्पाले गाउँपालिका देखी नेपाल सरकारलाई समेत राजश्व बुझाउनुपर्दा यो बर्ष समस्या हुने भएकाले बिषेश निर्णय गरि व्यवसायीलाई सहयोग गर्न सरकार समक्ष आग्रह समेत गर्नुभयो । कोरना सक्रमणले थलिएको व्यवसाय उठाउँन दश बर्ष भन्दा बढी समय लाग्ने अनुमान गर्दै उहाँले यस विशेष परिस्थितिमा सरकारको सहयोग अपरिहार्य रहने उहाँको भनाई छ ।

यो सिजनमा खुम्बु क्षेत्रका होटल पसल भरिभराउ हुनेभएपनि अहिले सुनसान देखिएका छन् । तेञ्जिङ हिलारी बिमानस्थल लुक्ला समेत पर्यटक आवगमनले भरिभराउ हुने भएपनि अहिले सुनसान देखिएको त्याहाँका कर्मचारी बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार