काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा झापाबाट काठमाडौँ ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ ।
भद्रपुर– ७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट हिजो काठमाडौँको धापासीस्थित ग्राण्डी हस्पिटलमा ल्याइएको थियो ।
ती बिरामीमा कोरोनाको संक्रमण नरहेको ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले पुष्टि गर्नुभयो । बिरामीलाई जाँच गर्दा सामान्य रुघाखोकी र ज्वरो आएको भेटिएको तर कोरोनाको सङ्क्रमण भने नदेखिएको उहाँले बताउनुभयो ।