थुलुङ दुधकोसी गाउँपालिका केन्द्रमा हेल्थ डेक्स राखिने

सोलुखुम्बु : थुलुङ दुधकोसी गाउँपालिकाले कोरोना भाइरस सम्बन्धी सचेतना अभियान सुरु गरेको छ । बिरेन्द्रदोय माध्यमिक  बिद्यालय मुक्लीबाट आजदेखी अभियान शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

कारोना भाइसरको त्रास, संक्रमण, यसबाट बच्ने उपाय लगायतको बिषयमा बिद्यार्थीहरुलाई जानकारी दिने गाउँपालिका स्वास्थ्य संयोजक उद्धब ढुङगनाले जानकारी दिनुभयो ।  गाउँपालिकाको सबै बिद्यालयमा सचेतना अभियान सञ्चालन गर्ने संयोजक ढुंगनाको भनाइ छ ।

यस्तै कार्यक्रम चैत्र ५ गतेभित्र गाउँपालिकाका सबै बिद्यालयमा  अभियान सञ्चालन गरिसक्ने गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । साथै गाउँपालिकामा हेल्थ डेस्क समेत चाडै स्थापना गरिने अध्यक्ष राईको भनाई छ । गाउँपालिकामा सेवा लिन आउने सबैको स्वास्थ्य परिक्षणका लागी हेल्थ डेक्स स्थापना गर्न लागेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका बासीको स्वास्थ्य प्रति स्थानीय सरकार गम्भिर रहेको भन्दै अध्यक्ष राईले सबैले सावधानी अपनाएको खण्डमा खासै समस्या नहुने बताउँनुभयो । गाउँपालिका भित्र हुन सक्ने स्वास्थ्य जोखिम प्रति आफुहरु सचेत रहेको समेत उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार