काेराेना भाइरसका कारण श्रम स्वीकृति अनिश्चिकालका लागि बन्द

काठमाडौं:  कोरोनाको प्रभाव फैलिएसँगै नेपाल सरकारले वैदेशिक रोजगारीमा जानेका लागि दिने गरेको श्रम स्वीकृति अनिश्चितकाल सम्मका लागि स्थगित गरेको छ । बिहीबार बसेको उच्चस्तरीय सम्वन्य समितिको बैठकले अर्को सूचना प्रकाशन नहुन्जेलसम्म श्रम स्वीकृति रोकेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

नेपालको मुख्य श्रम गन्तव्य कतार, शाउदी, मलेसिया, यूएई लगायतका देशमा पनि अहिले कोरोना भाइरसको संक्रमण फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेसँगै बिहीवार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि बैठकले यस्तो निर्णय गरेको हो ।

विदेशीहरुलाई दिइँदै आएको अनअराइभल भिसा १४ मार्च २०२० देखि ३० अप्रिल २०२० सम्म लागि यस अघि नै स्थगित गरिएको छ । चैत १ गतेबाट नेपाल आउने विदेशी, नेपाली वा गैरआवासीय नेपालीले १४ दिनसम्म आफै अलग वा घरभित्रै क्वारेन्टाइनमा बस्नुपर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार