सुनको भाउ घट्यो, यस्तो छ बजार

काठमाडौं : शुक्रबार नेपाली बजारमा सुनको भाउ ह्वातै घटेको छ । सुनको भाउ एकैदिन मै तोलामा तीन हजार रुपैयाँले घटेको हो । आज तोलाको ७८ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार तोलामा आठ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ८१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा ४० रुपैयाँ घटेर तोलाको आठ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार