नेविसंघ डडेल्धुराका कार्यवहाक सभापति भण्डारीको निधन

  नेपालन्यूजसाईट समाचारदाता

डडेल्धुरा : नेपाल विद्यार्थी संघ डडेल्धुराका कार्यवाहक सभापति पदम भण्डारीको निधन भएको छ । सोमबार होली खेलेर नुहाउन बाथरुम छिरेका उनी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनी ग्यास ग्रीजर चलाएर नुहाउन लागेको र मृत अवस्थामा भेटिएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको र मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । विभिन्न समाजिक कार्यमा संलग्न भण्डारी डडेल्धुरा कपडा बैंकका अभियान्ता समेत हुन् । उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार