होली पर्व पहिला भिडभाड अहिले सुनसान तस्बीरमा

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु ः फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्वको दिन बिहानै देखी सल्लेरीको बजारमा रंग दल्नेहरुको हुल हुन्थ्यो । तर यस वर्ष ती सडक एवम् बजार सुनसान देखिएको छ ।

होली आउनु करिब एक साता अघिदेखि पर्वको जोहो गर्ने र योजना बनाउनेहरु भेटिन्थे । तर यस बर्ष होलिकै दिन पनि खासै उत्साह थिएन । जसको कारण हो कोरोनो भाइरस विश्वव्यापी रुपमा फैलँदै जानु र विभिन्न सचेतना सम्बन्धि सुचना एवम् जानकारी प्रचार प्रशार हुनु ।
स्थानीय प्रशासनले माइकिङ्ग, प्रचार पम्प्लेट र सञ्चार माध्यमबाट भेला तथा कार्यक्रमहरु नगर्नु आग्रह गरेपछि सर्वसाधरणको पर्वप्रतिको उत्सुकतामा कमि आएको हो । सोलुखुम्बुको सदरमुकाम सल्लेरी आसपासका बजारहरु सुनसान रहेका छन् ।

कोरोना भाइरस कुनै पनि बेला भित्रिन सक्ने खतरा बढे्काले नेपालसरकारले सर्वसाधारणको चहलपहल हुने पर्व, कार्यक्रमलाई तत्कालका लागि स्थगन गरी सुरक्षित रहन आग्रह गरिरहेको छ । विगत बर्षमा रंग दलेर रर्माइलो गर्नेहरुको भिड देखिने सल्लेरी बजार सुनसान बनेको छ ।

पहिला

 

अहिले

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार