लोसार साँझ दर्शकको माहोल अनुसार हुन सकेन, कलाकार समेत आक्रोसित

काठमाण्डौँ -नेपाल शेर्पा विद्यार्थी संघले राजधानीमा एक विशेष कार्यक्रम शेर्पा लोसार साँझ आयोजना गरि सम्पन्न गरियो । हजाराँैको संख्यामा विद्यार्थी लगायत शेर्पा नेतृत्वको उपस्थिती रहेको सो कार्यक्रम दुई भागमा विभाजन गरि संचालन गरिएको हो । औपचारिक र अनौपचारिक कार्यक्रम दुई भागमा विभाजन गरिएको कार्यक्रम शेर्पा समुदाय भित्र आयोजना गर्दै आई रहेको कार्यक्रम मध्यको एक उत्कृष्ट कार्यक्रमको रुपमा लिन सकिन्छ । शेर्पा समुदायमा गठन भएको संघ संस्थामध्यबाट सबै भन्दा पुरानो तथा वार्षिक कार्यक्रम भनेर पनि शेर्पा समुदायले सुइकार गर्दै आई रहेको छ । तथापि संस्थाले गत फागुन २५ गते रामनगर स्थित रामहिटी पार्टी भेन्यूमा आयोजना गरिएको केही पक्षहरुलाई समेट्ने प्रयास गरेकी छु ।

सकरात्मक पक्ष
अध्ययन सँगै आफ्नो भविष्यको विषयमा सोच्ने समयमा शेर्पा समुदायको प्रतिष्ठत संस्थामा महिलाले नेतृत्व हुनु यो समुदायको लागि सकरात्मक विषय हो । यस्तै विभिन्न विद्यामा पुरस्कार प्रदान गर्नु र अध्ययन सकेरा कार्य सुरु गरेको शेर्पा समुदायको युवा पुस्तालाई थप हौसला प्रदान गर्दै सम्मान गर्नु समुदायको लागि सकरात्मक पक्ष हो । शेर्पा समुदायले आयोजना गर्दै आएको अधिकांश कार्यक्रममा अतिथिको संख्यालाई बढी देख्न पाईने तितो यर्थाथ रहदा रहदै पनि हजारौँको संख्यामा समुदायको उपस्थिति गराउन सफल हुनु सम्मान जनक पाटो हो । कार्यक्रममा उपस्थिति र माहोल हेर्दा संस्थाले यो कार्यक्रम आयोजना गर्न धेरै संघर्ष गर्नु परेको छ भनेर भुझ्न सकिन्छ यो मेहेनत र परिश्रमलाई शेर्पा समुदायले सम्मान गर्ने पर्छ ।

चित्त बुझ्न नसकिएको पाटो
कार्यक्रमको दोश्रो चरणमा विभिन्न नव कलाकार देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारको प्रस्तुति रहेको कार्यक्रम सञ्चालनको क्रममा भने धेरै कमजोरी अधिकांश दर्शकले महसुस गरे । कार्यक्रमलाई सोचे जस्तो संचालन गर्न नसक्नु धेरै जस्तो समय स्टेज खाली रहनु जस्ता पक्षले कार्यक्रमबाट दर्शकलाई सोचे जस्तो सन्तुष्टि भने दिन सकेन । हुन त यस्ता कार्यक्रम आयोजना गर्दै जादा पूर्ण रुपमा सोचे जस्तो हुन नसके पनि सत प्रतिशत हुनु पर्ने त्यो पनि हुन सके जस्तो लागेन । यस्तै समय कुन कलाकारको लागि कति समय भनेर राम्रो सँग निधारण गर्न नसक्दा पनि कार्यक्रम खल्लो भएको हुनु पर्दछ । यसमा पनि शेर्पा समुदायमा शेर्पा कलाकारलाई सम्मान गर्न नसकेको भन्ने आरोप नौलो भने हैन यही तीतो यर्थाथलाई यस कार्यक्रमले पुनः स्मरण गराएको छ । आफ्नो प्रस्तुति लिएर आएका सबै कलाकारले आफ्नो प्रस्तुति राख्न नपाउनु कलाकारको लागि दुखद पक्ष हो । आफु रोएर अरुलाई हसाउने कलाकार यो कार्यक्रमबाट आफै निराशा भएर फर्किनु बाध्य भएका छन् यो समुदाको लागि सकरात्मक पक्ष भने हैन । समुदायमा यस्तो समस्य आउनुमा आयोजक मात्रा नभएर कलाकार पनि उत्तिकै जिम्मेवार हुनु आवश्यक छ । यो कार्यक्रममा सबै कलाकारहरुको प्रस्तुति राख्न नसक्नुमा प्रया स्टेज खाली हुनु नै प्रमुख कारण लिन सकिन्छ । स्टेजलाई खाली राखिएर कार्यक्रम खल्लो भनाउनु भन्दा पनि तत्काल एक पछि अर्को कार्यक्रम पस्किन सकिएको भए अहिले पछि आएर यो गुनासो सुन्नमा संस्था पुर्ण रुपमा जोगिन सकिने थियो । यो भन्दैमा कर्यक्रम नराम्रो भयो भन्न खोजिएको भने कदापी हैन मात्रा कार्यक्रमलाई व्यावस्थित गर्न थोरै कसरत नपुगेको हो कि भन्ने मात्र हो । धन्यवाद ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार