संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका ५ मुढेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो हावाहुरीसँगै आएको चट्याङले लागेर मकालु–५ का ५७ वर्षीय निमा शेर्पाको मृत्यु भएको हो ।
हावाहुरीसँगै आएको चट्याङले लागेर शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोश राईले जानकारी दिनुभयो ।