सञ्चारमन्त्रीको घटनामा अख्तियारले छानबिन गर्छ : अध्यक्ष दाहाल

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले निवर्तमान सञ्चारमन्त्रीको घटनामा अख्तियार लगायतका निकायले अनुसन्धान सुरु गरेको बताउनुभएको छ ।

आइतबार जनकपुर पुग्नुभएका दाहालले अख्तियार दुरुपयोग अनुन्धान आयोग, लेखासमिति लगायतले अनुसन्धान सुरु गरेको बताउनुभएको हो । धनुषाको ठेराकचुरीमा १५ दिने माध्यमिकी परिक्रमको सुभारम्भ समारोहमा सहभागि हुनुभएका दाहालले भन्नुभयो, ‘सञ्चारमन्त्रीवाला परघटनामा त जाँचबुझ सम्बन्धित निकायले गर्ने भनिसकैकै छ, अख्तियार अरु सबैले ।

लेखा समितिमा पनि यो विषयमा कुरा चलिरहेको त्यो भइनै हाल्यो ।’ दाहालले कम्युनिष्टहरु सत्तामा पुगेपछि विग्रिने रोग लागेको भनेर आफुले भक्तपुरमा दिएको अभिव्यक्ति आफ्नो पार्टीलाई लक्षित गरेर नदिएको उल्लेख गनुभएको छ । ‘मैले अस्ति भक्तपुरमा भएको कार्यक्रममा बोल्दा संसारभरीको कुरा बोलेको हो हाम्रो पार्टीको मात्रै भनेको होइन्’, उहाँले भन्नुभयो, ‘कम्युनिष्टहरु संघर्ष गर्दासम्म राम्रो र सत्तामा पुगेपछि नराम्रो रोग लाग्या त विश्वभरी छ ।

त्यो रोगको उपचार गर्नैपर्छ भनेर मैले अपिल गरेको हो ।’दाहालले प्रदेश नम्बर २ को सरकारमा सहभागि हुन लागि राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीसँग कुराकानी अगाडी बढेको पनि बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार