पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तहरुको विदाई

काठामाडाै : महाशिवरात्रीको अवशरमा पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तहरुको विदाई गरिएको छ ।
महाशिवरात्रीको अवशरमा छिमेकी भारत लगायत विभिन्न ठाउँमा आएका ५ हजारभन्दा बढी साधुसन्तहरुको आइतबार विदाई गरिएको हो । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले बाटो खर्चसहित सन्तहरुको बिदाइ गरेको हो ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले ५ हजारभन्दा बढी साधुसन्तहरुको विदाई गरिएको बताउनुभयो । विभिन्न श्रेणीअनुसार १ हजारदेखि १० हजार रुपैयाँसम्म दक्षिणा दिएर बिदाई गरिएको उहाँले बताउनुभयो । गुठीको परम्परा अनुसार साधुहरुलाई दक्षीणा दिएर उनीहरुको विदाई गरिएको हो । साधुसन्तहरुका लागि १० लाख रुपैयाँ छुट्याइएको थियो ।

विभिन्न ठाउँबाट आएका सन्तहरुको खाना तथा बस्नको व्यवस्था शिवालय क्षेत्रमा गरिएको थियो । त्यसको व्यवस्थापनका लागि ३० लाख रुपैयाँ बजेट छुट्याइएको कोषले जनाएको छ । विदाई समारोहमा दक्षिणाको विषयमा असन्तुष्टि जनाउँदै केही साधुसन्तहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार