काठमाडौं: पशुपति क्षेत्र विकास कोषको व्यवस्थापनलाई लिएर केही नागा बाबाहरुले असन्तुष्ट भएका छन । कोषले नागाबाबाका साथै अन्य साधुसन्तलाई दान दक्षिणा दिएर बिदा गर्दै गर्दा लाइनमा बसेका नागाबाबाले आफूलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै असन्तुष्ट व्यक्त गरेका हुन ।
आफुलाई दिएको चिट समेत च्यातेर गालीगलौज गर्दै आक्रोशमा हिडेका थिए । पशुपति क्षेत्र विकास कोषको व्यवस्थापनलाई लिएर कतिपय बाबाहरुले भने आफुहरु नेपाल आएकोमा खुसि व्यक्त गरेका छन ।