लोसार गुथुग साँझको तयारी पुरा

  नेपालन्यूजसाईट समाचारदाता

काठमान्डौ : हिमालयन शेर्पा सँस्कृतिक केन्द्रले प्रत्येक वर्ष आयोजना गर्दै आई रहेको लोसार गुथुक सँग यस वर्ष पनि आयोजना गर्ने भएको छ । विहिवार राजधानीमा पत्रकार सम्मेलको आयोजना गर्दै कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाकारी दिएको हो । राजधानीको चुच्चेपाटी हायत चौरमा आयोजना गर्न लागेको लोसार गुथुक साँझ फागुन १० र ११ गते आयोजना गर्ने भएको हो ।

हिमाली बौद्ध महायानीहरुको महान पर्व लोसारको अवसरमा आयोजना गर्न लागेको लोसार गुथुग साँझ कार्यक्रममा शेर्पा समुदायका चर्चित हस्या कलाकार स्वा. सम्दे शेर्पाको स्मृतिमा साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार वितरण र साम्दे शेर्पा स्मृति वतृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको कार्यक्रम संयोजक ताथ संस्थाका बा. उपध्यक्ष आङ डोमा शेर्पाले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार