पशुपतिमा थरीथरी बाबा (फाेटाेफिचर)

काठमाडौँ : काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा महाशिवरात्री पर्वमा भारतबाट शिवरात्री मनाउन आउने क्रम पनि सुरु भएको छ । शिवरात्रिको दुई दिनअघि पशुपतिको भष्मेश्वर घाटको सम्मुखमा रहेको सो शिवालय क्षेत्रमा बाहिरबाट आएका पाहुना साधुहरुले भरिभराउ देखिन्छ ।

काठमाडौको राजधानीमा भएको पशुपति क्षेत्रमा हिन्दुहरुले पवित्र पर्व महाशिवरात्रि मनाउँदै छन् । भगवान शिवको आराधनाको लागि विशेष मानिने महाशिवरात्रि लागि नेपालका विभिन्न ठाउँ सहित भारतबाट समेत धेरै साधुहरु पशुपतिमा आउनेक्रम जारी छ । हरेक वर्ष शिवरात्रिको लागि हजारौं साधुहरुको आउने गर्दछन ।

 

पशुपति क्षेत्र आफैंमा एउटा पवित्र क्षेत्र हो । हेर्दा सामान्य देखिनेभएपनि वास्तविक अघोरी र नागाहरु एउटा कठोर तपस्या पूरा गरेर आएका साधकहरु हुन्छन् । हामीले झट्ट हेर्दा पशुपतिमा दुई किसिमका साधुहरु देखिन्छ । एकाथरीकाले वस्त्र नलगाई दिगम्बर भेषमा भष्म दलेर बस्ने गर्छन् भने अर्को थरीको वस्त्र लगाएको हुन्छन ।

सबै साधुहरु आफ्नै पारमा देखिन्छन । कोहि खाना पकाइरहेको छन त कोहि आफ्नै धुनमा छन । उनीहरु आफुहरु यहाँ धर्म र साधान गर्न आएको बताउँछन । यहाँ आउँन पाउदा उनीहरु खुसी भएको र यहाँको व्यवस्था पनि राम्रो लागेको बताउँछन  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार