सोलुखुम्बु : सोलुखुम्बुमा सुरु भएको प्रदेश स्तरीय भलिबल प्रतियोगितामा घरेलु टोलि सोलुखुम्बुले विजयि सुरुवात गरेको छ । मंगलबार भएको खेलमा भोजपुरलाई पाजित गर्दै सोलुखुम्बुले बिजयी सुरुवात गरेको हो ।
योङ्ग स्टार क्लबको खेल मैदानमा भएको प्रतियोगीतामा सोलुखुम्बुले भोजपुरलाई २५–१७ र २५–२० को सोझो सेटमा पराजित गरेको हो । मदन भण्डारी स्पोर्ट एकेडेमि प्रदेश नम्बर १ को आयोजनामा मंगलबारदेखि सुरु भएको प्रतियोगीतामा ओखलढुङ्गा, झापा, मोरङ्ग, सुनसरीले पनि विजयी सुरुवात गरेका छन ।
मंगलबार भएको खेलमा ओखलढुङ्गाले तेह्रथुमलाई २५–१८ र २५–२३ को सोझो सेटमा पराजित गरेको हो । त्यस्तै अर्को खेलमा झापाले धनकुटालाई २५–२० र २६–२४ ले पराजित गरेको मदन भण्डारी स्पोर्ट एकेडेमि सोलुखुम्बुका अध्यक्ष दिपक राजभण्डरीले जानकारी दिनुभयो । यता सुनसरीले पाँचथरलाई पनि सोझो सेटमा २५–१९ र २५–२२ ले पराजित ग¥यो । त्यस्तै ओखलढुंगाले आफ्नो दोस्रो खेलमा पनि जित निकालेको छ । उसले खोटाङलाई २५–१८ र २५–१४ को सोझो सेटमा पराजित गरेको हो ।
यता मोरङ्गले पहिलो खेलमा खोटाङ्गलाई पराजित ग¥यो । उसले २५–१४, १२–२५ र २५–२० ले पाजित ग¥यो । त्यस्तै मोरङ्गले दोस्रो खेलमा तेह्रथुमसँग पराजय भोगेको छ । तेह्रथुमले मोरङलाई १९–२५, २५–२१ र २५–१५ ले पराजित ग¥यो । त्यस्तै पहिलो खेलमा झापासँग पराजित धनकुटाले दोस्रो खेलमा जित हाँसिल गरेको छ । धनकुटाले इलामलाई २१–२५, २५–१९ र २५–१७ ले पराजित गरेको हो ।
फागनु १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार तथा उपविजेताले १ लाख नगद ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलिले ५० हजार तथा चौथो हुने टोलिले २५ हजार नगदका साथ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।