सोलुखुम्बु : माप्यदुधकोशी गाउँपालिकाका विद्यालयमा विद्युति हाजिरीको सुरुवात गरिएको छ । पहिलो चरणमा गाउँपालिक भित्रका ५ वटा माध्यामिक विद्यालयलाई लक्षीत गरि कार्यक्रम गरिएको हो ।
गाउँ पालिकाको २ लाख रकमबाट माध्यामिक विद्यालयमा इ हाजिरी जडान गरिएको गाउँपालिकाले जनाएको छ । शुक्रबार एक कार्यक्रमका विच वडा नम्बर ३ मा रहेको हिमालय माध्यामिक विद्यालयबाट विद्युतिय हाजिरीको सुरुवात गरिएको हो । विद्यालयका प्रधानाध्यपक देवी कुमारी राईले पहिलोपटक हाजिरी गर्नुभएको थियो । कार्यक्रममा बोल्नुहँुदै गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले असार सम्म गाउँपालिका भित्रका सबै ३९ वटा विद्यालयमा विद्युतिय हाजिरी जडान गरिसक्ने बताउनु भयो । विद्यालयमा असर सम्म सक्ने र अन्य कार्यालयहरुमा १ वर्ष भित्र इ हाजिरीको व्यवस्था गरि सक्ने अध्यक्ष राईको भनाई थियो ।
यता गाउँपालिका उपाध्यक्ष जुनितामाया मगरले गउँपालिकाको शिक्षमा सुधारका लागि बहष भयरहेको र त्यसबाट आएका कुरालाई व्यवहारमा लागु गर्ने प्रयासमा गाउँपालिका लागि रहेको बताउनु भयो । शिक्षामा प्रतिफल आजको भोलि नदेखिने भन्दै विस्तार प्रगति तर्फ अगाडि बढीएको उहाँको भनाई छ । शिक्षक महासंघ माप्यदुधकोशिका अध्यक्ष महल सिंह राईले देशलाई आबश्यक जनशक्ति निर्माण गर्ने विद्यालयमा गाउँपालिकाले सुधारका काम गरेको बताउनु भयो । गाउँपालिकाको सकारात्मक कामको परिणाम विस्तारै देखिने उहाँको भनाई छ । विद्यालयका प्रधानाध्यापक देवी कुमारी राई प्रवृधिसँग जोडिन पाउँदा खुसी लागेको बताउनु भयो ।