प्रेस युनियन सोलुखुम्बुको सभापतिमा पुनः राउत ।

सोलुखुम्बु : प्रेस युनियन सोलुखुम्बुको सभापतिमा पुन तेस्रो पटक सन्तोष राउत सर्वसहमतीले चयन हुनुभएको छ । सोमबार सल्लेरीमा सम्पन्न तेस्रो जिल्ला अधिबेशनबाट सभापतिमा राउत सहित १५ सदस्य सर्वसम्मत चयन हुनुभएको हो ।

सन्तोष राउतको अध्यक्षतामा सम्पन्न अधिवेशनले उपाअध्यक्षमा हिमाल एफएमका शिखरजंग श्रेष्ठ र विना राई, सचिबमा अम्रित थुलुङ, कोषाध्यक्षमा अम्रिता राई र सह–सचिवमा सोनि राई चयन भएका छन् । समितिको सदस्यहरुमा हिमाल एफएमकै धन कुमार ढुंगेल, दिपेन्द्र पराजुली, प्रविण राई, ललित कार्की, सलिना लामिछाने, निशा राई, होमनाथ खत्री, अर्जुन कुमार राई र सोनामछोटी शेर्पा चयन हुुनुभएको छ ।

सोही अबिधेशनले केन्द्रीय प्रतिनिधिहरुमा अध्यक्ष सन्तोष राउत, विना राई, भानुभक्त निरौला, अम्रित राई, ललित कार्की, अम्रिता राई र सरस्वती बस्नेत छनौट भएका छन् भने प्रदेश प्रतिनिधिमा शिखर जंग श्रेष्ठ, अनुजा कटेल, धन कुमार ढुंगेल, अशोक राई, उद्धव कुलुङ, निशा श्रेष्ठ, सविता राउत, र निशा राई चयन भएका छन् ।

कार्यक्रममा सोलुखुम्बु बहुमूखि क्याम्पसका प्रमुख उद्धब कुमार शर्मालाई पुराना पत्रकारको रुपमा सम्मान गरिएको छ । उहाँले वि.स.२०४८ देखि २०५२ सालसम्म राष्ट्रिय समाचार समिति (रासस)मा जिल्ला समाचारदाताको रुपमा काम गर्नुभएको थियो । सम्मान ग्रहण पछि बोल्दै क्याम्पस प्रमख शर्माले प्रविधिको विकासले पत्रकारितालाई सरल बनाएको बताउँदै खोज पत्रकारिता आजको आवश्यक्ता भएको बताउनुभयो ।

कार्यक्रमलाई संबोधन गर्दै नगरपालिकाका मेयर शेर्पाले मुलुकको बिकासका लागि पत्रकारको भुमिका उल्लेखनिय हुने बताउँनुभयो । नेपालको राजनितिक इतिहलाई परिवर्तन गराउन पत्रकार र सञ्चार माध्यमले खेलेको भुमिका उल्लेख गर्दै मेयर शेर्पाले निश्पक्ष पत्रकारीताको खाचो औल्याउनुभयो ।

नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष मनोज कुमार श्रेष्ठले पत्रकारले राजनीतिक आस्था र विचारको निकटतालाई पत्रकारितामा ल्याउन नहुने बताए । उनले आफ्ना कमी कमजोरीलाई सुधार गर्दै आलोचनात्मक रुपमा विकास पत्रकारितामा जोड दिनु पर्ने बताए । रिपोर्टस क्लवका प्रदेश १ संयोजक भानुभक्त निरौलाले निष्पक्ष पत्रकारितालाई अंगिकार गर्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार