जिप दुर्घटना एक जना घाईते

सोलुखुम्बु : नेलेमा जिप दुर्घटना हुँदा एक जना घाईते भएका छन् । जिल्लाको थुलुङदुधकोशी गाउँपालिका १ नेलेको कञ्चन होटल नजिकै उक्त जिप दुर्घटना हुँदा चालक सुनसरीको मेची नगरपालिका १५ ज्यामिरगडीका ४० बर्षिय भेष कटुवाल घाईते भएको वडा अध्यक्ष घनराज सुनुवारले जानकारी दिनुभयो ।

सगरमाथा सुनकोशी यातयात प्रा.लि.को को १ ज ३०८२ नम्बरको पुर्व चल्ने गाडी आज विहान ३ बजे दुर्घटनामा परेको सोलुखुम्बु प्रहरीले जनाएको छ । दुर्घटनामा परि चालकको हात र करङ भाचिएको छ । घाईतेलाई थप उपचारका लागी धरान लगिएको ट्राफिक प्रहरी इन्चार्ज मोहन प्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँकाअनुसार गाडी स्टार्ट गर्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको हो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार