मेरो इतिहास !

बुद्धिराम ठटाल

म मेरो संसार सिंगार्न
अमल तुनो लगाएर सियो समाउँदै थिएँ रे  !
म मेरो संस्कृति जोगाउन नौमति र पञ्चेवाजा
बजाएर रमाउदै थिएँ रे !
हो त्यति नै वेला
खै कसले हो कुन्नि
मेरो सुन्दर संसार हडप्यो रे !
चुट्नसम्म चुटेर मलाई पनि
त्यहीँबाट लखट्यो रे !

म बोल्दा मेरो जिब्रो झिकिन्थ्यो रे !
मैले लेख्दा मेरा औँला काटिन्थ्या् रे !
आँखामा पट्टी बाँधी थुनेरै राखिन्थ्यो रे !
बिना कारण हात खुट्टा भाँचिन्थ्यो रे !
हा,े त्यति नै बेला
मेरो उत्पतिको कथा चुटियो रे !
विचित्र वेगमा आएर हुरीजस्तो
मेरो पुख्र्यौली इतिहास लुटियो रे !

प्राचिन थियो रे मेरो भाषा संस्कृति र लिपि
त्यही काल बस्नु पथ्र्यो रे म आफै लुकी छिपी
तै पनि म पसनिा बगाउँदै थिएँ रे !
खै कसले हो मलाई उत्पिडनको लगाम लगाँउदै थिए रे !
मैले पनि अस्तित्वको लडाइँ भनी
रगत बगाउदै थिएँ रे !
हो त्यति नै वेला
अपमान र तिरस्कारले
तर्साउदै थिएँ रे !

खै आफु त वेहोसी हो या होसी
ती सबै पिडा खप्न नसकी
वेदनाका वर्वर आँसु बर्साउँदै थिँए रे
हो ,त्यसैले त त्यही इतिहास
खोज्दै छु म आज

मेरो आँसु, पसिना, अनि
रगतको इतिहास ,
यही धर्तीको कुनै पानामा
मेरै हातले लेख्दैछु म आज

त्यही इतिहास,चुटिएको ,लुटिएको अनि
मान्छेलाई मान्छे भन्न नरुचाउनेहरुको
घृणामा परेको,अपमान सहित उत्पिडनमा परेको
श्रम सीप कला र प्रतिभाले भरिएको
त्यही इतिहास लेख्दैछु म आज ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार