राष्ट्रिय सभा चुनावमा ९९ प्रतिशत मत खस्यो

काठमाण्डौं : राष्ट्रियसभा सदस्य चुनावमा ९९ प्रतिशतभन्दा बढी मत खसेकोे छ । राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि बिहान १० बजेदेखि ४ बजेसम्म भएको मतदानमा ९९ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रदेश २ मा शतप्रतिशत मत खसेको छ । यस्तै गण्डकी र कर्णाली प्रदेशका सबै प्रदेश सांसदले मतदान गर्दा गण्डकी प्रदेशको स्थानीय तहतर्फ ९८.८२ प्रतिशत मत खसेको छ भने कर्णाली प्रदेशमा ९८.१० प्रतिशत मत खसेको आयोगले जनाएको छ ।

बाग्मती प्रदेशमा प्रदेश सभामा ९८.१८ प्रशित मत खस्दा स्थानीय तह तहतर्फ ९९.१६ प्रतिशत मत खसेको छ । त्यस्तै, पाँच नम्बर प्रदेशको प्रदेश सभामा ९८.८५ प्रतिशत र  स्थानीय तर्फ ९९.५४ प्रतिशत मत खसेको छ  ।

एक नम्बर  प्रदेशको स्थानीय तहमा ९९.२७ र प्रदेश सभामा ९८.९२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा ९८.११ प्रतिशत मत खस्दा स्थानीय तहमा ९९.४३ प्रतिशत मत खसेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार