आत्महत्या दुरुत्साहन मुद्दामा रवि लामिछानेलाई सफाइ

काठमाडौं : पत्रकार शालिकराम पुडाशैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले सफाइ पाएका छन्।

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले आइतवार अन्तिम फैसला सुनाउँदै रविलाई सफाइ दिएको हो। यसअघि पुर्पक्षका क्रममा रावलकै इजलासले रविसँग पाँच लाख धरौटी लिएर तारेखमा राखेको थियो।

न्यायाधीश मल्लको इजलासले प्रहरीले सरकारी वकिलमार्फत गरेको दाबी अनुसारको अभियोग प्रमाणित हुन नसक्ने भन्दै रविलाई सफाइ दिएको हो। पुडासैनीको आत्महत्या प्रकरणमा गत भाद्र ९ गते चितवन जिल्ला अदालतले रविलाई ५ लाख धरौटी लिएर पुर्पक्षमा छाडेको थियो।

त्यसपछि रवि उक्त आदेश बदर गरि पाऊँ भन्दै उच्च अदालत पाटन, हेटौंडा इजलाशमा निवेदन दर्ता गराएका थिए।  पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन प्रकरणमा चितवन जिल्ला अदालतले रवि लाई ५ लाख र सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार