शनिबारदेखी सोलुखुम्बु विद्युतको केन्द्रिय प्रशारणलाईनमा जोडिदै,

सोलुखुम्बु : शनिबार देखी सोलुखुम्बु जिल्ला विद्युतको राष्ट्रिय प्रशारण लाईनमा जोडिने भएको छ । सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लाको लाम्मानेमा निर्माण गरिएको सबस्टेशनमार्फत जिल्लालाई केन्द्रिय प्रशारणलाईनमा जोड्ने प्राधिकरणले जनाएको छ ।

जिल्लाका संघिय सांसद हेमकुमार राई (शुरबीर)ले शनिबार पत्तालेमा आयोजीत एक कार्यक्रमका बीच औपचारीक उद्घाटन गर्ने कार्यालयले जनाएको छ । तिङ्लाबाट पत्ताले सम्म विस्तार गरिएको लोटेन्सनबाट विद्युत वितरण गर्न सकिने भएपछि उद्घाटनको कार्यक्रम राखिएको बताईएको छ । सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ८ स्थित पत्तालेमा राखिएको ट्रन्सफर्मर सञ्चालन गरेर उद्घाटन गर्ने कार्यतालिका रहेको बताईएको छ । १३२ केभिए प्रशारण लाईन निर्माणको चरणमा रहेकाले तत्काल उत्पादित विद्युत खपत गर्ने उदेश्यले ११ केभिए प्रशारण लाईन मार्फत वितरण गरिने गरिने कार्यालयले जनाएको छ ।

हाल सोलुखोलामा निर्मानाधिन चार आयोजनाहरु मध्ये अधिकांशको निर्माण कार्य ६० प्रतिशत भन्दा माथि रहेको बताईएको छ । यस्तै २३.३ मेगावाट क्षमताको माथिल्लो सोलुखोलाले भने परिक्षण उत्पादननै गरिसकेको छ ।

जिल्लाबासीको लागि ठुलो उपलब्धी : सांसद राई
उज्यालो जिल्ला अभियानमा लागेको बताउँने सोलुखुम्बुका संघिय सांसद हेमकुमार राई (शुरबीर)ले जिल्लामा चालुआर्थिक बर्षमानै कार्यालय स्थापना गरि केन्द्रिय प्रशारण लाईन बिस्तार गर्न सफल हुनु जिल्लाबासीको लागि ठुलो उपलब्धी भएको बताउँनुभयो । उहाँले हालै सोलुदुधकुण्ड नगरपालिकाको केही वडा, नेचासल्यान र थुलुङदुधकोशीमा विद्युत विस्तार गर्ने गरि बजेट व्यवस्था भई कार्यन्वयन चरणमा रहेको बताउँदै आगामी केही बर्ष भित्र जिल्लाको सबै क्षेत्रमा विद्युत पु¥याउने बताउँनुभयो ।

जनचहाना अनुसार काम गरिरहेको बताउँदै सांसद राईले जिल्लाका नागरिकको घरघरमा बिजुली पु¥याउने कार्यमा दिनरात लागीरहेको दावी गर्नुभयो । ग्रामीण विद्युतीकरणको लागि मात्रै जिल्लामा करिब ७५ करोड बढी बजेट ल्याउन सफल भएको सांसद राईको भनाई छ ।

हरेक नागरिकको घरघरमा विद्युत नपुगेसम्म बाहिर जान दिदैनौ : प्रमुख सचेतक राजभण्डारी
यस्तै प्रदेश सांसद एवम् प्रमुख सचेतक नेकपा संसदियदल प्रदेश १ का बुद्धिकुमार राजभण्डारीले आफहरु निर्वाचित भएदेखीनै सोलुखोलामा उत्पादित विद्युत हरेक नागरिकको घरघरमा नपुगेसम्म बाहिर लान नदिने अडान कायम रहेको बताउँनुभयो । उहाँले बाहिर हल्ला भएजस्तो उद्घाटन गर्ने बित्तिकै जिल्लामा विद्युत नबाल्ने र सबै बाहिर जाने कार्य कुनैपनि हालतमा नहुने दावी गर्नुभयो । उज्योलो जिल्ला बनाउने सबालमा सबै एक ढीक्का भएर लागेको उहाँको भनाई छ ।

उद्घाटन कार्यक्रममा जनता देखी मेयर सम्मको आपत्ती
ग्रामीण विद्युतीकरणको शनिबार उद्घटन हुने भएपछि सामाजिक सञ्जालमा पक्ष बिपक्ष बीचको तर्क प्रस्तुत भईरहेको छ । कतै यसको खुलेर प्रशंसा गरिएको छ कतै बिरोध र आपत्ती समेत जनाईएको छ ।

सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले सामाजिक सञ्जाल फेसबुक मार्फत उद्घटन कार्यक्रमलाई झारो टार्नेको संज्ञा दिदै सहभागी नहुने उल्लेख गर्नुभएको छ । पहिलो चरणमा नगरपालिकाको वडा नम्बर ११, १० र ८ लागएतको क्षेत्र विद्युत विस्तारको कार्य सकेर मात्रै उद्घाटन गर्नुपर्ने उहाँको तर्क छ ।

 

 

यता सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लाका केही व्यक्तिहरुले हस्ताक्षरनै संकलन गरेर ध्यानकर्षण गराएका छन् । स्थानीयको मागलाई बेवास्ता गरि अगाडी बढेको खण्डमा जस्तोसुकै परिस्थीति सृजना हुन सक्ने भन्दै त्यसको जिम्मेवारी प्राधिकरणले लिनुपर्ने चेतावनी समेत दिईएको छ ।

थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले सोलुदुधकुण्ड नगरपालिका, नेचासल्यान गाउँपालिका र थुलुङदुधकोशीमा करिब पौने १ अर्ब बजेट सहित जिल्लामा वितरण केन्द्र स्थापना गर्न जिल्लाको लागि गौरवको बिषय भएको सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया दिनुभएको छ ।

विद्युतको उद्घाटन गर्दैमा विकाश नरोकनी अझ तिब्र गतिमा अगाडी बढ्ने समेत एकापक्ष युवाहरुको भनाईहरु प्रस्तुत भईरहेको छ । सोलुदुधकुण्ड नगरपालिकाको केही वडामा मात्रै नभई सिंङ्गो जिल्लामानै तत्काल विद्यूत पु¥याउने गरि पहल भईरहेको संघिय सांसद राईको भनाई छ । तिङ्ला, केरुङ लगाएतको क्षेत्र संगै अन्य क्षेत्रमा पनि यसै महिना भित्र विद्युत पु¥याउने गरि काम भईरहेको अर्का प्रदेश संसाद उत्तम कुमार बस्नेतको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार