पोखरा : पोखराको मणिपाल शिक्षण अस्पतालमा बिहीबार चम्ल्याहा बच्चाको जन्म भएको छ। स्याङ्जा पुतलीबजार नगरपालिकाकी २६ वर्षीया सुनीता (पौडेल) प्रधानले चम्ल्याहा बच्चा जन्माउनु भएको हो ।
शल्यक्रियामार्फत जन्मेका तीन छोरी, एक छोराको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ। अस्पतालका डा.महेन्द्र पाण्डेको नेतृत्वको टोलीले शल्याक्रिया गरी बच्चा जन्माएको हो। गर्भवती भएको ३४ सातामा शल्याक्रिया गरी बच्चा जन्मिएका हुन्।
सुनीता र गौरवका यसअघि ५ वर्षीय छोरा छन्। बच्चा रहेको ३७ दिनपछि जचाउँन जाँदा ३ बच्चा रहेको थाहा भए पनि चम्ल्याहा बच्चा भएको शल्यक्रियापछि मात्र थाहा भएको चम्ल्याहा बच्चाका बाबु गौरवले जानकारी दिनुभयो ।