नेपाल चिकित्सक संघको महासचिव पदमा डा बद्री रिजाल उम्मेद्धार

काठमाडौं : नेपाल चिकित्सक संघ (एनएमए)को २८औँ कार्यकारिणी समितिका लागि आगामी माघमा निर्वाचन हुने भएको छ । नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणीको तीनवर्षे कार्यकालका लागि उपत्यकाबाहिरका १६ शाखामा माघ ४ र ५ गते र काठमाडौंमा माघ १७ देखि २१ सम्म मतदान हुने भएको हो ।

निर्वाचनमा अध्यक्ष लोचन कार्कीको प्यानलमा १३ जना उम्मेदवार रहेका छन । १३ निर्वाचित पदका लागि ३० चिकित्सक चुनावी मैदानमा छन् । महासचिव पदका उम्मेद्धार डा .बद्री रिजालले  नेपाल चिकित्सक संघमा सबै ठाउमा परिवर्तनको जरुरी रहेको बताउनु भएको छ । उहाँले चिकित्सकहरुका सुविधा, बृत्तिविकास देखि पेशागत सुरक्षासम्मका विषयलाई विस्तृत रुपमा व्याख्या गरी बनाईएको प्रतिवद्धतालाई आफू जितेर आएपछि लागू गर्न बताउनु भएको छ ।

आफ्नो टिम विजेता भए पछि अहिलेको कार्यकालमा भएका कामहरु मुलुकी ऐन संशोधन गर्नेदेखि लिएर हरेक कुराको न्युनिकरण गर्ने बताउँनु भएको छ । प्रोफेसनल मेडिकल जर्नालिजमको अनिवार्य व्यवस्थाको लागि आवज उठाउने बताउनु भएको छ ।

डा .बद्री रिजालले संघका प्रत्येक शाखामा चिकित्सकलाई कुनै पनि समस्या हुँदा तत्काल सम्बोधन हुने गरी र्‍यापिड रेस्पोन्स टिम गठन गर्न र सो टिमलाई चाहिने श्रोत साधन ,तालिमको व्यवस्थाको लागि पहल गर्ने समेत बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार