अनलाइनबाटै यसरी गर्नुहोस् जन्म, विबाह, बसाईसराईको दर्ता

काठमाडौं : अब अनलाइनबाटै व्यक्तिगत घटना दर्ता गराउन सकिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म, मृत्यु, विवाह दर्ता, सम्बन्ध विच्छेद र बसाईसराई दर्ता सहज बनाउन अनलाइन सूचना प्रणाली सञ्चालनमा ल्याएको हो ।

हाल देशभरका स्थानीय तहका कूल ६ हजार ७४३ वडामध्ये दुई हजार ६१८ कार्यालयमा अनलाइन सूचना प्रणाली मार्फत व्यक्तिगत घटना दर्ता गराउन सकिने विभागले जनाएको छ । यो सेवा क्रमशः देशभरका सबै वडाहरुमा विस्तार गर्ने लक्षका साथ काम भइरहेको विभागका निर्देशक सुभास ढकालले जानकारी दिनुभयो ।

विभागका अनुसार हालसम्म पाँच लाख ७५ हजार १६२ जन्मदर्ता, एक लाख २६ हजार ४७९ बसाई सराई दर्ता, दुई लाख ४६ हजार ७५७ विवाह दर्ता, ६ हजार ३८२ सम्बन्ध विच्छेद दर्ता र एक लाख ३७ हजार ६२३ मृत्यु दर्ता अनलाइनबाट भइसकेका छन् ।

त्यसो त यो सेवा भर्खरै सुरु भएको भने होइन । १३ चैत २०७३ देखि सुरु भएको यो सेवा अनलाइन सूचना प्रणाली विस्तार हुने क्रम पछिल्लो समय तीब्र भएको छ ।

अनलाइनबाटै व्यक्तिगत घटना दर्ता गराउन सुरुमा यस्तो सेवा सम्बन्धित वडा कार्यालयमा उपलब्ध छ वा छैन भनेर थाहा पाउन आवश्यक छ । आफ्नो वडामा अनलाइन सूचना प्रणाली सेवा रहेको यकीन गर्न सुरुमा यहाँक्लिक गर्नुहोस् । अब तपाईंले जिल्ला, स्थानीय तह, वडा नम्बर सहितका कार्यालयहरु देख्न सक्नुहुनेछ । एकपछि अर्को पानामा नगएरै तपाईंले आफ्नो वडाको जानकारी लिन सक्नुहुन्छ ।

त्यसका लागि माथि सिरानीमा ‘खोज्नुहोस्’ लेखिएको बक्समा क्लिक गर्नुहोस् । अब बक्समा आफ्नो जिल्ला, स्थानीय तह तथा वडाको नाम टाइप गर्नुहोस् । यसरी खाेज्दा तपाईंको वडा भेटिएमा निश्चिन्त हुनुहोस्, तपाईंको वडामा अनलाइन सूचना प्रणालीको सेवा उपलब्ध छ । अन्यथा यस्तो सेवाका लागि तपाईंले अझै केही समय कुर्नुपर्ने हुनसक्छ  ।

यसरी गर्नुहोस् अनलाइन दर्ता

आफ्नो वडामा अनलाइन सूचना प्रणाली रहेको यकीन गरिसकेपछि जन्म, मृत्यु, बसाईसराई, विवाह, सम्बन्धविच्छेद जस्ता व्यक्तिगत घटना दर्ताका लागि यहाँक्लिक गर्नुहोस् । अब ‘घटना दर्ताका लागि यहाँ थिच्नुहोस्’ लेखिएको अर्थात कलेजी रंग भएको स्थानमा क्लिक गर्नुहोस् ।

टेकपानाबाट 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार