काठमान्डौ : माप्य दुधकोशी गाउँपालिका स्तरिय नेपाल कम्युनिस्ट पार्टीको बृहत भेला तथा प्रशिक्षण कार्यक्रम काठमान्डौमा सम्पन्न भएको छ । काठमाडौंको सुकेधारा स्थित एक होटलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एबम संगठन बिभागका उपप्रमुख जनार्दन शर्माको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सरकारको योजनालाई गाउसम्म पु¥याउन र गाउका समस्यालाई केन्द्रसम्म पु¥याने उदेश्यले कार्यक्रमको आयोजना गरिएको माप्य दुधकोशी गाउँपालिका नेकपा अध्यक्ष गौरब राईले बताए । कार्यक्रममा संघिय सांसद हेम कुमार राई (सुरबीर)ले संघिय सरकारले गरेको काम र जिल्लामा भईरहेको प्रगतिको बारेमा जानकारी गराउनुभयो । पाटी संगठनलाई एक ढिक्का भएर अगाडी बढ्न सुझाव दिदै जनभावना अनुसार काम गरिरहेको उहाँको दावी छ । प्रदेश सांसद एवम् प्रमुख सचेतक संसदियदल नेकपा प्रदेश १ का बुद्धिकुमार राजभण्डारी र प्रदेश सांसद उत्तम कुमार बस्नेतले प्रदेश सरकारले गरिरहेको कामबारे जानकारी गराउँनुभयो । उहाँले प्रदेश सरकारबाट सञ्चालन भएका योजनालाई गुणस्तरीय बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै गाउँपालिका महासंघ प्रदेश एकका कोषाअध्यक्ष एवम् थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला, नेकपा सोलुखुम्बुका अध्यक्ष मानबिर राई, सचिब गोन्बु शेर्पा आफ्नो मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी प्रदेश नम्बर १ कमिटी अध्यक्ष तथा पार्टीका केन्द्रिय सदस्य देबराज घिमिरे र नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा संगठन बिभागका उपप्रमुख जनार्दन शर्माले उपस्थित नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिनुभएको नेकपा माप्यदुधकोशी गाउँपालिकाले जनाएको छ ।
दर्जन बढी कार्यकर्ता नेकपामा प्रवेश
विभिन्न पार्टी परित्याग गरी एक दर्जन भन्दा बढी नेकपामा प्रवेश गरेका छन् । पुर्ण कुमार खालिङ, रविन खालिङ, सरोज खालिङ, टिकाराम पाख्रिन, खुमराज राई, दीपक राई, पन्चे राई, छविमाया राई, प्रदिप राई, रण बहादुर मगर, महलसिंह राई र पन्च राई नेकपामा प्रवेश गरेको नेकपा माप्यदुधकोशी गाउँपालिका कमिटी अध्यक्ष गौरब राईले जानकारी दिनुभयो । उनीहरुलाई प्रमुख अतिथि जनार्दन शर्माले खादा र अबिरले स्वागत गर्नुभयो । कार्यक्रममा करिब ४ सय युवा कार्यकर्ताको सहभागीता रहेको आयोजकले जनाएको छ ।