काठमाडौं : नेपाली म्यूजिक भिडियोमा जमिरहेका नाम हुन्, पल शाह र वर्षा राउत। दुवै फिल्ममा पनि अभिनय गर्छन्। तर, फिल्ममाभन्दा बढी म्यूजिक भिडियो खेल्छन्।
थुप्रै नेपाली गीतमा मोडलिङ गरिसकेका पल र वर्षाले बुधबार एउटा थारु गीतमा अभिनय गरेका छन्। गायक नरेश जोगी र गायिका कामना प्रसाईको ‘पहाडी बठिनीया’ बोलको थारु गीतमा उनीहरुले अभिनय गरेका हुन्। सुटिङको तस्बिरमा पल र वर्षा थारु पहिरनमा उत्साहित देखिन्छन्।
नरेशकै शब्द र संगीत रहेको यो गीतको भिडियो निर्देशन विक्रम चौहानले गरेका छन्। अर्जुन तिवारीले खिचेको गीतको सुटिङ बुधबार राती सकिएको थियो। ‘गीतमा थारु संस्कृति र पुराना गोरुगाडाको पनि प्रयोग गरिएको छ।
थारु गीतमा पल र वर्षाको जोडी देख्दा दर्शकले नयाँ स्वाद महसुस गर्नुहुनेछ,’ गायक जोगीले भन्न्ुभयो। गीत माघ अगावै सार्वजनिक गर्ने तयारी रहेको समेत उनले जानकारी दिनुभयो।