काभ्रे : काभ्रे पनौती नगरपालिका-११ थुम्कीमा स्काभेटर दुर्घटना हुँदा बेपत्ता भएका दुई जना मृत फेला परेका छन्। बिहीबार बिहान करिब ११ बजे स्काभेटर तीन सय मिटर तल खस्दा दुई जना पुरिएका थिए।
पनौती नगरपालिका-११ बस्ने १७ वर्षीय रावल केसी र धादिङका १७ वर्षीय रोसन भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी रवि पौडेलले जानकारी दिनुभयो ।
साथै, चालक पनौती नगरपालिका-७ बस्ने २७ वर्षका जीवन ताम्राकार घाइते हुनुभएको छ । उहाँको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल धुलिखेलमा उपचार भइरहेको छ।