एउटा गाउँ जहाँ ९७ वर्षदेखि उही छ जनसंख्या

एजेन्सी : कसैले एउटा गाउँमा ९७ वर्षअघि जति जनसंख्या थियो, त्यति नै अहिले पनि छ भन्दा पत्याउन गाह्रो पर्न सक्छ । तर, यीबीचका वर्षमा पनि त्यो गाउँमा मानिसहरुको संख्या बदलिएन । यो कुरा हो, भारतको मध्यप्रदेशको ।

त्यहाँ सन् १९२२ मा १७ सय जना मानिस थिए । र, अहिले पनि त्यहाँ त्यति नै मानिस छन् । त्यति मात्रै होइन, त्यहाँ सधैं यति नै मानिस भएका छन् । अनि त्यहाँ एउटा जोडीले दुईभन्दा धेरै सन्तान नजन्माएको पनि वर्षौ भइसकेको छ ।  यो गाउँमा छोराछोरी बीच विभेद पनि गरिँदैन ।

र, यो सब हुनुको कारण हो महात्मा गान्धीकी पत्नी कस्तुरबाको एउटा भाषण ।  सन् १९२२ मा त्यहाँ पुगेर सुखी परिवारबारे भाषण गर्नुभएको रहेछ । गाउँलेले उहाँको  कुरा कति गम्भीरतापुर्वक लिएका रहेछन् भने उनीहरुले गाउँको संख्या आजसम्म उही बनाएर राखिरहेका छन् । यो चाहिँ प्रत्येकले दुईभन्दा बढी सन्तान नजन्माउने भएकाले सम्भव भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार