खुशीको खबर : पृथ्वी जस्तै नयाँ ग्रह पत्ता लाग्यो

एजेन्सी : अमेरिकी अन्तरीक्ष संस्था नासाले पृथ्वी भन्दा एक सय प्रकाश वर्ष टाढा मानव बसोबासका लागि उपयुक्त हुने खालको ग्रह फेला पारेका छन् । नासाको ग्रह खोजी अभियान अन्तर्गत भएको अनुसन्धानमा सो ग्रह पत्ता लागेको होनोलुलुमा सोमबार आयोजित अमेरिकी एस्ट्रोनोमी सोसाइटिको २३५औं बैठकमा जानकारी गराइएको हो ।

पृथ्वीकै आकारको टीओआई ७०० नाम दिइएको सो ग्रह डोराडो कन्ष्टिलेशनमा पर्ने र उक्त ग्रह सानो तथा सुन्दर हुनुका साथै सूर्यको आकारभन्दा ४४ प्रतिशत मात्र रहेका जनाइएको छ ।

सो ग्रहलाई तीनवटा ताराले परिक्रमा गरी रहेको र त्यसमा तरल अबस्थामा नै पानी सतहमा रहेको अनुमान गरिएको छ । साथै उक्त ग्रहमा अक्सिजन भए नभएको बारे भने अध्ययन हुन बाँकी रहेको छ ।

नासाले स्पिटजर स्पेस टेलिस्कोपको सहयोगले सो ग्रह रहेको सुनिश्चित गरिएको र ग्रह मानव बसोबासका लागि उपयुक्त भए नभएको भन्ने बारे थप अध्ययन आवश्यक रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार