इरानले सुरु गर्यो अमेरिका माथि रकेट आक्रमण, हताहतीको विवरण आउन बाँकी

बगदाद : अमेरिकी सुरक्षा फौज सम्बन्धी सूत्रका अनुसार अमेरिकी एयरबेस रहेको इराकस्थित भूभागमा गएराति भिषण रकेट आक्रमण भएको छ । अल असद बेसमा कम्तिमा १० रकेट प्रहार गरिएको जनाइएको छ । सो घटनामा के कति हताहतिका घटना भए भन्ने बारेमा खुलेको छैन ।

इरानका कमान्डर कासिम सुलेमानीको शुक्रबार अमेरिकी आक्रमणमा मृत्यु भएपछि मध्यपूर्वमा तनाव उत्पन्न भइरहेको छ । उक्त आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा भएको जनाइएको छ ।

इरानले सोलेमानीको मृत्युमा गम्भीर बदला लिने चेतावनी दिएको थियो । ह्वाइट हाउसले घटनाक्रमको बारेमा अनुगमन गरिरहेको जनाइएको छ । इराकमा भएको पछिल्लो घटनाक्रमलाई लिएर राष्ट्रपति ट्रम्पले सुरक्षा टोलीसँग परामर्श गरिरहेको बताइएको छ ।

सो आक्रमण इरान समर्थित विद्रोही समूहले गरेको अनुमान गरिएको छ । यसैबीच राष्ट्रपति ट्रम्पले इरानी कमान्डर कासिमलाई राक्षसको संज्ञा दिँदै उनी मारिएपछि थुप्रैको ज्यान जोगिएको बताउनुभएको छ।

उहाले सोलेमानीले ठूलो आक्रमणको प्रयास गरिरहेको बेलामा उहाको भनाई छ। ट्रम्पले यसअघि इरानका ५२ वटा सांस्कृतिक केन्द्रमा आक्रमण गर्ने चेतावनी दिएपछि त्यसको कडा आलोचना भएको थियो ।

ओभल अफिसमा बोल्दै ट्रम्पले अमेरिका इराकबाट बाहिरिनु भनेको देशको लागि सबैभन्दा खराब अवस्था हुने जनाउनुभएको छ । सोलेमानीको मृत्युपछि अमेरिका र इरानको सम्बन्ध अझै बिग्रदै गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार