जनकपुरमा पत्रकार र मेयरबीच कुटाकुट

जनकपुरधाम : जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र समाचार संकलनका लागि गएका पत्रकारबीच नै कुटाकुट भएको छ । जानकी मन्दिरको जग्गा अतिक्रमणसम्बन्धी समाचारका लागि प्रतिक्रिया लिन गएका पत्रकार र मेयर साहबीच घम्साघम्सी भएको हो ।

मेयर साहले आफ्नो समय नै नलिएर आएका पत्रकारलाई कुनै प्रतिक्रिया नदिने भनेपछि दुई पक्षबीच विवाद उत्पन्न भएको थियो । दुवै पक्षबीचको विवादले झडपको स्थिति सिर्जना भएपछि उपमहानगरपालिकाको प्रहरीले पत्रकारहरुलाई बाहिर निकालेको छ ।

तर, प्रतिक्रिया लिन गएका पत्रकारहरुले भने आफूहरुलाई कोठामा थुनेर कुटेको आरोप लगाएका छन् । मेयर साहले आफ्नो कार्यकक्षको ढोका थुन्न लगाइ आफ्ना आसेपासे र नगर प्रहरी लगाएर आफूहरुमाथि कुटपिट गरेको पीडित पत्रकारहरुको भनाइ छ ।

नेपाल पत्रकार महासंघ घनुषा शाखाका सभापति समेत रहेका अनिल मिश्र, पत्रकारहरु अमरकान्त अमर, विकास साह, समित मिश्र लगायतले आफूहरुमाथि मेयरले कुटपिट गरेका आरोप लगाउनुभयो । तर, मेयर साहले भने पत्रकारले नै आफूमाथि पहिले हातपात गरेको बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार