मुक्लीमा बन्ने प्रहरी चौकी भवनको सिलान्यास

समयमानै सक्ने प्रतिबद्धता

  भोजराज कार्की

सोलुखुम्बु : थुलुङदुधकोशी गाउँपालिका केन्द्र मुक्लीमा प्रहरी चौकी भवन निर्माण हुनेभएको छ । शहरी बिकास तथा भबन डिभिजन कार्यलय ओखलढुङ्गाको आर्थिक सहयोगमा निमार्ण  हुने उक्त  भबनको शुक्रबार  एक कार्यक्रमका विच शिलान्यास समेत गरिएको छ ।

रु.१  करोड ४७ लाख ३ सय ८९ को लागतमा २०७७ साल असार  ६ गते सम्पन्न गरिसक्ने गरि पुष्पाञ्जली पि.एस.जे.भि.बाकेले निर्माणको जिम्मा पाएको छ । शिलान्यास कार्यक्रममा बोल्नुहुँदै निर्माण कम्पनीका प्रतिनिधि दिपक किराँतीले  तोकिएकै समयमा भवन निर्माण गरिसक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गुणस्तर कायम गर्नु आफुहरुको पनि दायित्व भएकाले त्यसमा कुनैपनि कमी नआउँने उहाँको भनाई छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै  गाउँपालिका अध्यक्ष असिम राईले प्रहरी चौकी  भवन निर्माणका लागि लामो समयको प्रयास सफल भएको बताउँनुभयो । जसको लागि जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र भवन डिभिजनबाट समेत सहयोग प्राप्त भएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

 

जनताको सेवामा समर्पित हुने प्रहरीलाई सुविधा सम्पन्न भवनमा राख्नु गाउंपालिकाको समेत दायित्व भएको भन्दै उहाँले तोकिएको समयमा निर्माण सम्पन्न गर्ने सवालमा गाउँपालिकाले जस्तोसुकै पनि सहयोग गर्न तयार रहेको बताउँनुभयो । हरेक बिकासमा थुलुङदुधकोशी गाउँपालिका पहिलो भएको दावी गर्दै सम्बृद्ध गाउँपालिका निर्माणको अभियानमा सबैको सहयोग प्राप्त भईरहेकाले सोही अनुसार काम गरिरहेको अध्यक्ष राईले बताउँनुभयो ।

राज्य पुनसंरचना हुँदा सोलुखुम्बुको लिखुपिके, खुम्बुपासाङल्हामु, महाकुलुङ र थुलुङदुधकोशी गाउँपालिका केन्द्रमा प्रहरी चौकी थिएन । प्रहरी चौकी स्थापना गर्ने र जग्गा व्यवस्थापन गरि भवन निर्माण गर्नेमा चार गाउँपालिका मध्ये थुलुङदुधकोशी पहिलो भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख नारायणप्रसाद चिमोरियाले बताउँनुभयो । उहाँले प्रहरी सेवा निशुल्क भएकाले कसैलाईपनि चिन्न आवश्यक नभएको भन्दै निर्धक्क भएर सेवा लिन आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले नगरउन्मुख गाउँपालिकाको संज्ञा दिदै विकासको गतिलाई सबै एकीतृत भएर लाग्न सुझाव दिनुभयो । गाउँपालिकामा निर्माण भएका हरेक संरचना सबैको भएले त्यसको गुणस्तर तथा संरक्षण गर्नु सबैको दायित्व भएको भन्दै प्रजिअ खानालले सार्वजानिक सम्पत्ति संरक्षणमा लाग्न आग्रह गर्नुभयो ।

मैदेलका स्थानीय ओमबहादुर गुरुङले २०७५ चैत्र २९ गते १८९२ ब.मि. जग्गा प्रहरी चौकी मुक्लीको नाममा निशुल्क रजिष्ट्रेशन गरिदिनुभएको थियो । जग्गा दता गुरुङ सहित सहयोगी सबैलाई गाउँपालिका र जिल्ला प्रहरी कार्यालयले धन्यवाद समेत ज्ञापन गरेको छ । भवन सिलान्यस कार्यक्रममा गाउँपालिका उपाअध्यक्ष सवीता राई, विभिन्न वडाका वडा अध्यक्ष, पार्टीका प्रतिनिधि, निर्माण व्यवसायी, कर्मचारील गाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार