मध्यावधिक समिक्षा गर्ने थुलुङदुधकोशी पहिलो गाउँपालिका

सोलुखुम्बु :  थुलुङदुधकोशी गाउँपालिकाले आर्थिक बर्ष २०७६÷०७७ को प्रथम चौमासिकमा भएका बिकास निर्माण, सेवा प्रवाह सम्बन्धी सार्वजानिक सुनुवाई तथा मध्यावधिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा गाउँपालिकको सभाहलमा सरोकारवालाहरुको उपस्थिमा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष असिम राईले हाल सम्मम भएका काम र आगामी दिनमा सञ्चालन हुने योजनाको बारेमा प्रष्ट पार्नुभयो । राज्य पुनःसंरचना हुँदा साविक ७ वटा गाविसलाई ९ वटा वडामा विभाजित गरि निर्माण गरिएको गाउँपालिकाको केन्द्र तथा नामकरण सर्वसहमतिमा टुङ्ग्याएको बताउँदै अध्यक्ष राईले गाउँपालिका भवन निर्माणका लागि आवश्यक २० रोपनी, सुविधा सम्पन्न अस्पताल निर्माणका लागि १७ रोपनी जग्गा प्राप्ती, गाउँपालिकाको प्रशासनिक भवन निर्माण गरि कार्य सञ्चालन, गाउँपालिका केन्द्रमा तीन बर्षे डिप्लोमा इन सिभिल इन्जिनियरीङ कक्षा, वडा नम्बर ९ लोखीम स्थीत जनता माध्यमीक विद्यालयमा बालि विज्ञान कक्षा सञ्चालन गर्नु हाल सम्मको उपलब्धी भएको बताउँनुभयो ।

यस्तै, गाउँपालिका केन्द्र जोड्ने सडक निर्माण, शैक्षिक सुधारका लागि आवश्यक ऐन निर्माण गरि शिक्षक सरुवा, विद्यालय व्यवस्थापन समिति गठन, स्थानीय सरकारलाई आवश्यक विभिन्न ऐन, नियमावली तयार, कृषिमा पकेट क्षेत्र घोषणा गरि कार्याक्रम सञ्चालन गर्नु, बृहत महायज्ञको आयोजना गरि सुविधा सम्पन्न अस्पताल निर्माणको थालनि गर्नु, जिल्लामानै पहिलोपटक बैकिङ् सेवा सञ्चालन हुनुपनि हाल सम्मको उपलब्धी भएको अध्यक्ष राईले बताउँनुभयो ।

जिल्लामै मातृमुत्युदर उच्च रहेको गाउँपालिकाको सुचीमा रहेकाले अस्पतालमा गएर प्रसूती गराउँने महिलालाई स्थानीय सरकरको तर्फबाट पाँच हजार प्रोत्साहन भत्ताले मातृमुत्युदर सुन्यमा आउँनु, १६ जना दर्वन्दि रहनेगरि गाउँपालिका केन्द्रमै नयाँ प्रहरी चौकी स्थापना तथा भवन निर्माण कार्य थालनी गर्नु, हरेक बस्तीमा शुद्धखानेपानी पु¥याउने योजना सुरु हुन गाउँपालिका बासीको लागि खुसीको खबर रहेको उहाँको भनाई छ ।

उहाँले नमुना गाउँपालिका निर्माणको अभियानमा रहिरदा चालु आर्थिक बर्षमै गाउँपालिका भित्र पर्ने विभिन्न नदिमा पाँच वटा मोटरेवल पुल निर्माण हुने, ग्रामीण विद्युतीकरणको लागि करोडौ बजेट ल्याउन सफल भएकोमा जिल्लाका संघिय सांसद हेमकुमार राई (शुरबीर)लगाएतलाई धन्यवाद समेत दिनुभयो ।

 

कुल बिकाशे बजेटको खर्च ३३.५५ प्रतिशत 

चालु आर्थिक बर्षको हाल सम्म ३३.५५ प्रतिशत बिकाश बजेट खर्च गरेको गाउँपालिकाले सार्वजानिक गरोको छ । गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अबिलाल राईले सार्वजानिक गरेअनुसार गाउँपालिकालाई प्राप्त कुल बजेट ३९ करोड ३७ लाख २७ हजार मध्ये हाल सम्म ३३.५५ प्रतिशत बजेट खर्च भएको छ ।

चालु आर्थिक बर्षमा सञ्चालन हुने वडा स्तरको १५८ तथा पालिका स्तरको ९९ सहित २५७ वटा योजना मध्ये पालिका स्तरको २६ वटा तथा वडा स्तरको १०६ वटा योजना कार्यन्वयनको चरणमा रहेको सार्वजानिक गरिएको छ । पाँच महिनाको अवधिमा सञ्चालन भएका मध्ये पालिका स्तरको ३ तथा वडा स्तरको १० वटा योजना भने सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत अबिलाल राईले जानकारी दिनुभयो । यस्तै गाउँपालिकाले १२ वटा ऐन र १० वटा नियमावली निर्माण गरेको बताईएको छ । स्थानीयको चहाना तथा संबन्धित क्षेत्रको आवश्यकतालाई ध्यानमा राखेर बिकास निर्माणका काम गरिरहेको गाउँपालिकाले जनाएको छ ।

स्थानीयको सन्तुष्टि :
यता स्थानीयले समेत गाउँपालिकाको योजना तथा कार्यक्रम प्रभावकारी ढंगबाट अगाडी बढीरहेको भन्दै खुशी व्यक्त गरेका छन् । थुलुङदुधकोशी गाउँपालिका २ काँगेलका सुदिप राईले गाउँपालिकाले चौमासिक रुपमा बजेट तथा योजनाको सार्वजानिक सुनुवाई गर्नु आफैमा राम्रो भएको भन्दै अनुगमनलाई तिब्रता दिन आग्रह गर्नुभयो । यस्तै वडा नम्बर ६ देउसाका उत्तम घिमिरेले समेत योजनाको अनुमगनलाई ध्यान दिनसकेको खण्डमा प्रभावकारी योजना सञ्चालन हुने बताउँनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार