अन्तर्राष्ट्रिय टोपी दिवस मनाइँदै

काठमाडौं : आज बुधबार सातौँ अन्तर्राष्ट्रिय टोपी दिवस मनाइँदै छ । विगत ६ वर्षदेखि अंग्रेजी महिनाको १ जनवरीलाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका रूपमा मनाउने गरिएको हो ।
नेपाल टोपी प्रतिष्ठानले नेपाली टोपीलाई अन्तर्राष्ट्रिय पहिचानका रूपमा स्थापित गराउन बुधबार शिरमा टोपी लगाएर भव्य रूपमा मनाउन आग्रह गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष शंकर बञ्जाडेले जारी गरेको विज्ञप्तिमा अभियानलाई थप व्यापक र व्यवस्थित बनाउने उद्देश्यले हालसम्म ३९ देशमा शाखा गठन भइसकेको र थप गठन हुने प्रक्रियामा रहेको जनाउनु भएको छ ।
‘१ जनवरीका दिन आफ्नो अवस्थाअनुकूल नेपाली टोपी पहिरेर नेपालीहरूको अन्तर्राष्ट्रिय पहिचानका रूपमा नेपाली टोपीलाई स्थापित गराउन सहयोग गर्नु हुन अपिल गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार